नीति तथा कार्यक्रम र बजेटको लागि राय सुझाव पेश गर्न देवघाटको अनुरोध

Devghat Online

शेयर गरौ

देवघाट । जेठ ५

देवघाट गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२÷०८३ को नीति, कार्यक्रम एवं बजेटको लागि राय सुझाव पठाउन नागरिकहरुमा अनुरोध गरेको छ ।

गाउँपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेट निर्माणको क्रममा रहेको हुँदा उक्त नीति कार्यक्रम र बजेटको लागि आफ्ना राय, सुझाव, सल्लाहा लिखित रुपमा गाउँपालिकाको इमेल ठेगानामा उपलब्ध गराउन अनुरोध गरेको छ ।

‘समुन्नत देवघाटको आधारः धार्मिक पर्यटन, कृषि र सम्पन्न पुर्वाधार’ लाई रणनीतिक सोच निर्धारण गरेको देवघाट गाउँपालिकाको आ.व. २०८२÷०८३ को नीति, कार्यक्रम तथा बजेट तर्जुमाको चरणबद्ध तयारीमा लागेको प्रमुख प्रशासकीय अधिकृत जगतबहादुर बस्नेतले प्रकाशित गरेको सुचनामा जनाईएको छ ।

नेपालको संविधानद्वारा स्थानीय तहलाई प्रदत्त अधिकार, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को प्रावधान, सोह्रौं योजना, दिगो विकासका लक्ष्यहरुको स्थानीयकरणसँग तादम्यता हुने गरी गाउँपालिकाको आवश्यकता, साधन स्रोतको उपलब्धता, संस्थागत क्षमता समेतको आधारमा आगामी आ.व. २०८२÷०८३ को नीति, कार्यक्रम तथा बजेटमा समावेश गर्नु पर्ने विषयवस्तु सम्बन्धमा लिखित रचनात्मक राय सुझाव आगामी जेठ ३० गते सम्म प्रदान गरिदिनु हुन सम्पूर्ण राजनैतिक दल, नागरिक समाज, सरकारी तथा गैर–सरकारी संघ–संस्था, शिक्षक, बुद्धिजिवी, पेशा व्यवसायी, पत्रकार एवं स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण सरोकारवालाहरुमा गाउँपालिकाले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

नेपाल संस्कृत विश्व विद्यालयको कार्यकारी परिषदमा सुवेदी र प्राज्ञिक सभामा सच्चिदानन्द सरस्वती

देवघाट । बैशाख २ नेपाल संस्कृत विश्व विद्यालयले विश्वविद्यालयको कार्यकारी परिषद् सदस्यमा प्रा.डा.गुरुप्रसाद सुवेदलाई र