घाँस काट्ने क्रममा लडेर २ जनाको मृत्यु

Devghat Online

शेयर गरौ

तनहुँ । जेठ ५

तनहुँको ऋषिङ गाउँपालिका–३ सोलुङमा घाँस काट्न जाने क्रममा लडेर सोमबार दुई महिलाको मृत्यु भएको छ । सोलुङ स्थित कटोर्के सामुदायिक वनमा घाँस काट्न गएका बेला भिरबाट लडेर दुई महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

मृत्यु हुनेमा ऋषिङ गाउँपालिका–३ की ६२ बर्षीया श्रीमाया राना र देवघाट गाउँपालिका–२ की २६ बर्षीया खिमसरा मगर रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

विहान ७ बजे घाँस काट्न गएका उनीहरु धेरै बेरसम्म नफर्किएपछि खोजतलास गर्ने क्रममा घाँस काटेको स्थानदेखी अन्दाजी १ सय मिटर तल शव भेटिएको प्रहरीले जनाएको छ । उक्त घटनाको सम्बन्धमा अनुसन्धान भएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले