तनहुँ । जेठ ५
तनहुँको ऋषिङ गाउँपालिका–३ सोलुङमा घाँस काट्न जाने क्रममा लडेर सोमबार दुई महिलाको मृत्यु भएको छ । सोलुङ स्थित कटोर्के सामुदायिक वनमा घाँस काट्न गएका बेला भिरबाट लडेर दुई महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।



मृत्यु हुनेमा ऋषिङ गाउँपालिका–३ की ६२ बर्षीया श्रीमाया राना र देवघाट गाउँपालिका–२ की २६ बर्षीया खिमसरा मगर रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
विहान ७ बजे घाँस काट्न गएका उनीहरु धेरै बेरसम्म नफर्किएपछि खोजतलास गर्ने क्रममा घाँस काटेको स्थानदेखी अन्दाजी १ सय मिटर तल शव भेटिएको प्रहरीले जनाएको छ । उक्त घटनाको सम्बन्धमा अनुसन्धान भएको प्रहरीले जनाएको छ ।












