घिरिङ गाउँपालिकालाई पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

Devghat Online

शेयर गरौ

तनहुँ । जेठ १९

घिरिङ गाउँपालिकालाई पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । पालिका खोप समन्वय समिती घिरिङ गाउँपालिकाको आयोजनामा आइतबार आयोजित कार्यक्रममा गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाले पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा पत्रमा हस्ताक्षर गरि घोषणा गरेका थिए ।

‘स्थानीय श्रोतको उपयोग, स्वामित्व र सहभागितामा, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ सन्चालित खोप अभियान पुर्ण भएपछि उक्त घोषणा गरिएको हो । स्वास्थ्यकर्मीहरुको घरधुरी सर्वेक्षणले देखाएको तथ्यांक अनुसार गाउँपालिका भित्रका १६ देखि ५९ महिना सम्मका ५७५ जना बालबालिकाले पुर्ण खोप प्राप्त गरेको गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख कृष्णप्रसाद रिमालले जानकारी दिए ।

गाउँपालिकाका अध्यक्ष थापाको अध्यक्षतामा आयोजित सो कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष राधादेवी अधिकारी, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ढकाल, स्वास्थ्य कार्यालय तनहुँका प्रमुख अमर दवाडी, गाउँपालिकाका निवर्तमान अध्यक्ष रनबहादुर राना, सबै वडाका अध्यक्षहरु,  नेकपा एमाले घिरिङ गाउँ कमिटीका अध्यक्ष सुमन कुमार श्रेष्ठ, चन्द्रज्योती माविका प्रअ प्रेमबहादुर थापा, स्वास्थ्यकर्मी प्रविण श्रेष्ठ, महिला स्वास्थ्य स्वंय सेविका चन्द्रकला थापा लगायतले मन्तव्य राखेका थिए ।

उक्त कार्यक्रममा वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, शिक्षक, बुद्धिजीवी, राजनितिक दलका प्रतिनिधि स्वयंसेविक, स्वास्थ्यकर्मीहरुले आगामी दिनमा समेत खोप अभियानलाई दिगोपना राख्ने प्रतिबद्धता जनाएका थिए ।

उक्त कार्यक्रमको सन्चालन गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख तथा खोप समन्वय सचिव कृष्ण प्रसाद रिमालले गरेका थिए भने स्वागत मन्तव्य स्वास्थ्यकर्मी मनप्रसाद रानाभाटले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता