आँबुखैरेनीद्वारा छात्राको लागि बचत खाता कार्यक्रम सञ्चालन

Devghat Online

शेयर गरौ

तनहुँ । जेठ १९

आँबुखैरेनी गाउँपालिकाले कुमारी बैंकको सहकार्यमा छात्राहरुको लागि बचत खाता कार्यक्रम सञ्चालन गरेको छ ।

गाउँपालिकाको आ.व. २०८१÷०८२ को नीति तथा कार्यक्रम अन्तर्गत सामुदायिक विद्यालयका कक्षा १ देखि १२ सम्मका छात्रा विद्यार्थीहरूको लागि विशेष बचत खाता कार्यक्रम सञ्चालन गर्ने निर्णय गरे अनुसार गाउँपालिकाका सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरुको लागि बचत खाता सन्चालन गरेको हो ।

उक्त कार्यक्रम अन्तर्गत कुल ८१९ जना छात्राको कुमारी बैंकमा बचत खाता खोलिएको छ । उक्त कार्यक्रमको लागि गाउँपालिकाको तर्फबाट कुमारी बैंक आँबुखैरेनी शाखालाई आठ लाख उन्नाइस हजार रुपैयाँको चेक हस्तान्तरण गरिएको छ । गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले कुमारी बैंकका शाखा प्रबन्धक यदुकान्त घिमीरेलाई उक्त रकमको चेक हस्तान्तरण गरेका थिए ।

गाउँपालिका अध्यक्ष शुक्र चुमानको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष दुर्गा अर्याल, प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद शर्मा, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, गाउँपालिकाकी शिक्षा अधिकृत निर्मला कुँवर, कुमारी बैंकका कर्मचारी लगायत विद्यालयका प्रधानाध्यापक, अभिभावक र विद्यार्थीहरूको उपस्थिती रहेको थियो ।

उक्त रकम बचत गरे बापत प्रत्येक विद्यार्थीले हरेक वर्ष ३५ हजार बराबरको निःशुल्क स्वास्थ्य बीमा सुविधा प्राप्त गर्ने छन् । गाउँपालिकाले सन्चालनमा ल्याईएको यस बचत खाता कार्यक्रमले छात्रा विद्यार्थीहरूको आर्थिक, स्वास्थ्य र शैक्षिक उत्थानमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको गाउँपालिकाका अध्यक्ष चुमानले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

नेपाल संस्कृत विश्व विद्यालयको कार्यकारी परिषदमा सुवेदी र प्राज्ञिक सभामा सच्चिदानन्द सरस्वती

देवघाट । बैशाख २ नेपाल संस्कृत विश्व विद्यालयले विश्वविद्यालयको कार्यकारी परिषद् सदस्यमा प्रा.डा.गुरुप्रसाद सुवेदलाई र