ऋषिङमा छातीरोग सम्बन्धी निशुल्क एक्सरे शिविर सम्पन्न

Devghat Online

शेयर गरौ

विवेक श्रेष्ठ । तनहुँ, जेठ २१

ऋषिङ गाउँपालिका–८ स्थित ऋषिङ रानीपोखरी स्वास्थ्य चौकीमा बुधबार छातीरोग सम्बन्धी निःशुल्क एक्सरे शिविर सञ्चालन भएको छ । ऋषिङ गाउँपालिकाको सहयोग तथा युएनडिपि (जापान नेपाल स्वास्थ्य तथा क्षयरोग अनुसन्धान संस्था जान्त्रा) को संयुक्त आयोजनामा आगामी जेठ २१ गते उक्त शिविर सञ्चालन भएको हो ।

उक्त शिविरमा आधुनिक प्रविधियुक्त एआई जडित डिजिटल एक्सरे मेशिनको प्रयोग गरी छातीरोग परीक्षण गरिएको थियो । साथै, रक्तचाप (प्रेसर) र रगतमा ग्लुकोजको मात्रा (सुगर) समेत परीक्षण गरिएको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

एक्सरे द्वारा छातिरोग सम्बन्धि उक्त खोजपडताल शिबिरमा जम्मा ३९० जनाले जाँच गरेकोमा ९ जना पोजेटिभ देखिएको स्वास्थ्य शाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले