आँबखैरेनी गाउँपालिकाद्वारा मास, मह र गुन्द्रुक उत्पादनमा अनुदान

Devghat Online

शेयर गरौ

तनहुँ । जेठ २७

आँबखैरेनी गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम अन्तर्गत स्थानीय उत्पादन प्रवद्र्धन गर्नका लागि उत्पादनमा आधारित अनुदान कार्यक्रम सञ्चालन गरेको छ । कार्यक्रम अन्तर्गत मास, मह र गुन्द्रुक उत्पादनमा संलग्न कृषकहरूलाई प्रति केजी २५ रुपैयाँका दरले अनुदान उपलब्ध गराइएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकामा सूचीकृत रहेका कृषक समूहहरूद्वारा उत्पादन गरी रिपोर्ट गरिएका परिमाणको आधारमा अनुदान रकम वितरण गरिएको हो । उत्पादन र कार्यक्रमको प्रभावकारिता मूल्यांकन गरी अनुदान वितरण गरिएको गाउँपालिकाले स्पष्ट पारेको छ ।

गाउँपालिका अध्यक्ष शुक्र चुमानका अनुसार, ‘उक्त अनुदान कार्यक्रमले कृषकहरूमा उत्साह थपेको छ, उत्पादनमा वृद्धि भएको छ र बाँझो जमिनको उपयोग पनि हुन थालेको छ । आगामी वर्षहरूमा यसले गाउँको समग्र कृषि प्रणालीमा सकारात्मक प्रभाव पार्ने विश्वास लिएको छ ।’
यस कार्यक्रमबाट स्थानीय उत्पादनमा आत्मनिर्भरता, कृषकहरूको आयवृद्धि र गाउँको समग्र समृद्धिमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले