भानुमतीमा सामुहिक अकबरे खुर्सानी खेती

Devghat Online

शेयर गरौ

तनहुँ । असार ८

भिमाद नपा–९ को भानुमती जौपानीमा सामुहिक अकवरे खुर्सानी खेती गरिएको छ । मुख्यमन्त्री जलवायु मैत्री नमुना कृषक समुह मार्फत अकबरे खुर्सानी खेती गरिएको हो ।

जौपानीका कृषकहरुले एक सय रोपनी जग्गामा अकबरे खुर्सानी खेती गरेका हुन् । कृषि उत्पादन वृद्धि गरी आत्मनिर्भर बन्न वडा नम्बर ९ का बासिन्दाहरुले खुर्सानी खेतीको तयारी गरेका हुन् । उक्त जग्गामा लगाउनकोलागि हाल एक लाख खुर्सानीको बेर्ना तयार गरिएको थियो । उक्त वडामा मुख्यमन्त्री जलवायु मैत्री नमुना कृषक समुह गठन गरि कार्यक्रम सन्चालन भईरहेको छ ।

उक्त खेतीबाट कृषकहरुले बार्षिक २ लाख ५० हजार केजी खुर्सानी उत्पादन गर्ने लक्ष्य रहेको थापाले अगुवा कृषक एवं नेकपा एमाले भिमाद नगर कमिटिका अध्यक्ष इमानबहादुर थापाले बताए । खुर्सानी विक्रीबाट वार्षिक ६ करोड २५ लाख रुपैया आम्दानी गर्ने लक्ष्य राखिएको उनले बताए ।

उत्पादन भएको खुर्सानी पोखरा, भिमाद खैरेनीटारका बजारहरुमा विक्रि गर्ने योजना रहेको छ । हाल बजारमा प्रति केजी ३ सय देखी ५ सय रुपैँया थोक मुल्य रहेको छ । खुर्सानीको विरुवा उत्पादनका लागि वडा नम्बर ९ ले १ लाख रुपैयाँ अनुदान दिएको भानुमति कृषक समुहका अध्यक्ष समेत रहेका थापाले बताए ।

वडा नम्बर ९ को ८ वटा टोल मोहरीया, पाइमी, कटनछाप, पाथर्दी, थामडाडा, सखेप, जौपानी र आस्पाग्दी भाँडडाडामा अर्कबरे खुर्सानी उत्पादनको लागि पकेट क्षेत्र बनाइने भएको छ । सो वडामा समुदायको आर्थिक वृद्धिका लागि अकबरे खुर्सानी सँगसगै कफी खेतीका लागि पनि सम्भाव्यता अध्ययन भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

दोस्रो अन्तर विद्यालय आइएसओ रनिङ्गशिल्ड सम्पन्न, न्यु भिजन एकेडेमी प्रथम

देवघाटअनलाईन चितवन, मंसिर २७ । संस्थागत विद्यालय संघ चितवनको आयोजनामा दोस्रो अन्तर विद्यालय आइएसओ रनिङ्गशिल्ड