दमौली । असार १०
दमौली संगम क्लवको नाममा अबैध समितिले गतिविधि गरिरहँदा पनि स्थानीय प्रशासन मुकदर्शक बनेको छ । क्लवको अध्यक्ष नरेन्द्रराज वाग्ले र सचिव गिता कुमारी ढुङ्गाना रहेको समितिलाई प्रशासनले बैधता दिएको पनि मछिन्द्रादेवी श्रेष्ठ अध्यक्ष र कृष्णहरी गैह्रे सचिव रहेको त्यही नामको अर्काे समितिले गतिविधि गरिरहँदा पनि कानुन कार्यान्वयन गर्ने निकाय स्थानीय प्रशासन मुकदर्शक बनेको छ ।



दमौली संगम क्लवले मंगलबार पत्रकार सम्मेलन आयोजना गरि अबैध समुहले गतिविधि गरेपनि प्रशासनले नियन्त्रण गर्न नसकेको जनाएको छ । पत्रकार सम्मेलनमा क्लवका अध्यक्ष एवं संरक्षक नरेन्द्रराज वाग्लेले व्यास नपा–२ स्थित दमौली संगम क्लवको भवन कब्जा गर्ने नियतले एक समुहले बलजफ्ती गरेको आरोप लगाए । पुर्व अध्यक्ष मछिन्द्रादेवी श्रेष्ठको नेतृत्वको समुहले क्लवमा आर्थिक हिनामिना भएको भन्दै २०७८ सालमा जिल्ला प्रशासन कार्यालय तनहुँमा उजुरी दिएको थियो । प्रशासनले तत्कालिन सहायक प्रमुख जिल्ला अधिकारी काशिराम गैह्रेको नेतृत्वमा गरेको छानविनमा वाग्लेको नेतृत्वमा रहेको क्लव नै बैध भएको, कुनै आर्थिक हिनामिना नभएको ठहर गरेको थियो । २०७८ सालमा जिल्ला प्रशासन कार्यालयमा परेको उजुरीमा छानविन पश्चात प्रशासनले २०७९ असोज ३१ वाग्लेलाई बैधानिकता दिने निर्णय दिएको वाग्लेले बताए ।
श्रेष्ठ नेतृत्वको समितिले क्लवमा लगाएको ताला प्रशासनको उक्त निर्णयपछि खुलाईएपनि पछि छविलाल रिजाल प्रमुख जिल्ला अधिकारी भएर आएलगत्तै सोही समुहले क्लवको कार्यालयमा ताला लगाई पुनः प्रशासनमा निबेदन दिएकोमा प्रशसासनले छानविन गरि आफ्नो राय दिएको थियो । सो क्रममा प्रशासनले असन्तुष्ट पक्षले लगाएको ताला खोल्ने, क्लले मापदण्ड पुर्याई सदस्यता वितरण गर्ने, प्रक्रिया पु¥याएर साधारणसभा गर्ने, लेखापरिक्षण प्रतिबेदन राष्ट्रिय पत्रिकामा प्रकाशित गर्ने लगायतका निर्देशन दिएकोमा ताला खुलेपछि समितिले लेखा परिक्षण प्रतिबेदन राष्ट्रिय पत्रिकामा प्रकाशित गरेको अध्यक्ष वाग्लेले बताए । तर फेरी सोही समुहले कार्यालयमा आएर गैरकानुनी रुपमा ताला लगाएको वाग्लेले बताए ।
जिल्ला प्रशासनको निर्देशन अनुसार नै आफुहरुले गत २०८० फागुन १९ गते स्थानीय पत्रिका सुचना प्रकाशित गरि प्रक्रिया पु¥याएर साधारण सभा आयोजना गरेको वाग्लेले बताए । साथै सोही साधारणसभाले क्लवले जिल्लाका १० वटै स्थानाीय तहमा क्लवको शाखा विस्तार गर्ने र ३० वर्ष मुनीका युवाहरुलाई क्लवको सदस्यता दिने निर्णय गरेको वाग्लेले जानकारी दिए ।
आफुहरुले जिल्लाका १७ वटा सामुदायिक विद्यालयमा प्रत्येकमा १ लाख ५ हजारको दरमा छात्रबृत्तिको अक्षयकोष स्थापना गरेको वाग्लेले बताए । व्यास नपा–२ को सफासडकमा मासिक करिब ७३ हजार रुपैयाँ भाडा आउने उक्त भवन कब्जा गर्ने नियतले केही व्यक्तिहरुले राज्यको कानुनद्वारा स्थापित बैधानिक संस्थामा हस्तक्षेप गरेको वाग्लेले आरोप लगाए ।
क्लवको भवनमा लामो समयदेखी साझा मार्ट सन्चालन गर्दै आएका लक्ष्मण श्रेष्ठले २०८० साउन १ गतेदेखी सटर प्रयोग गरेवापतको भाडा नतिरेको भन्दै क्लवले गत बैशाख ७ गते जिल्ला प्रशासन कार्यालयमा निबेदन दिई भाडा दाखिला गराई सटर खाली गराउन निबेदन दिएको थियो । यस अघि प्रमुख जिल्ला अधिकारीको रोहबरमा पछिल्लो पटक २०८१ चैत २१ गते भएको क्वलका पदाधिकारी र साझा मार्टका सन्चालक श्रेष्ठ विच भएको छलफलमा चाँडै नै भाडा दिने सहमती भएपनि हालसम्म भाडा नदिएको र आलटाल गर्दै आएको हुँदा हालसम्म बाँकी भाडा दाखिला गराई सटर खाली गराउन क्लवकी सचिव गिता कुमारी ढुङ्गानाले प्रमुख जिल्ला अधिकारीलाई दिएको दिएको निबेनदमा उल्लेख छ । प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले उक्त निबेदनमाथी सुनुवाई गर्दै सटर खालीका लागि जिल्ला प्रहरी कार्यालय र सम्बन्धित स्थानीय तहमा लेखी पठाएका थिए । नगरपालिकाले उक्त निबेदन व्यास नपा २ वडा कार्यालयमा लेखि पठाएपनि वडा कार्यालयले कुनै कारवाही नगरेको वाग्लेले बताए ।
त्यस्तै जिल्ला प्रशासन कार्यालय तनहुँले क्लवको नाममा गत चैत १४ गते पत्र पठाई हालसम्मको नियमअनुसारको टिडिएस कर बुझाउन, हालसम्मको मौज्जाद जिन्सी सामानको विवरण अद्यावधिक गर्न, गाडी भाडा वापतको करकट्टी दाखिला गर्न निर्देशन दिएको थियो ।
क्लवकी पुर्व अध्यक्ष मछिन्द्रादेवी श्रेष्ठले क्लवको झोला, सुईटर बुन्ने मेसिन २ थान र ठुलो माईक १ सेट हालसम्म पनि क्लवमा नबुझाएको र क्लवका पुर्व अध्यक्ष मेघराज काफ्लेको अध्यक्षताको समितिले उक्त सामान बुझाउन ताकेता गरेको र उक्त कुरा लेखा परिक्षण प्रतिबेदनमा समेत उल्लेख भएको अध्यक्ष वाग्लेले बताए । पटक पटक ताकेता गर्दा पनि क्लवको सामान नबुझाई क्लवकी पुर्व अध्यक्ष श्रेष्ठले क्लवको सम्पत्ती हिनामिना गर्ने र क्लवका पदाधिकारीको विरुद्ध अपमानजनक शब्द प्रयोग गर्दै हिडेको वाग्लेले बताए ।












