भिमाद नगरपालिकाले ल्यायो ६३ करोड ७२ लाखको बजेट

Devghat Online

शेयर गरौ

तनहुँ । असार १०

भिमाद नगरपालिकाले आगामी आर्थिक वर्षकोलागि ६३ करोड ७२ लाख ६ हजार ३७० रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेको छ । मंगलबार भएको नगरसभामा नगर उपप्रमुख शारदा खनालले सो बजेट प्रस्तुत गरेकी थिईन् । उक्त, बजेट मध्ये चालु तर्फ ६९.७५ प्रतिशत अर्थात ४४ करोड ४४ लाख ८५ हजार ३७० रुपैयाँ र पुँजिगत तर्फ ३०.२५ प्रतिशत अर्थात १९ करोड २७ लाख ७५ हजार रुपैयाँ बाडफाँड गरिएको छ ।

भिमादले आर्थिक विकासमा ३ करोड ४४ लाख ७५ हजार, सामाजिक विकासमा ३५ करोड ५० लाख ३३ हजार ३७०, पुर्वाधार विकासमा १३ करोड ९ लाख २५ हजार, शुसशान तथा अन्तरसम्बन्धित क्षेत्र तर्फ १ करोड ७५ लाख ४७ हजार र कार्यालय सन्चालन तथा प्रशासन क्षेत्रको लागि ९ करोड ९२ लाख ६० हजार ३७० रुपैयाँ बिनियोजन गरेको छ ।

भिमादले मंगलबार नै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेको थियो । नगर प्रमुख दधिराज सुवेदीले नगर सभाको पहिलो सत्रमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । नगर सभामा योजना अनुगमन समितिको वार्षिक प्रतिवेदन सम्वन्धी प्रस्ताव, लेखा समितिका संयोजक विर बहादुर वस्यालले लेखा समितिको २०८१/०८२ वार्षिक प्रतिवेदन सम्वन्धी प्रस्ताव पेश गरेका थिए ।

साथै विधेयक समितिका संयोजक पदमबहादुर थापाले सुशासन सञ्चालन तथा व्यवस्थापन ऐन २०८२, नगर प्रवक्ता पदमराज सेन ठकुरीले नगरकार्यपालिकाको बैठकका निर्णयहरु अनुमोदनको पेश गरेका थिए । प्रस्तुत भएका विधेयक, ऐन र बजेट वक्तव्यमाथि छलफल र पारितका लागि नगर सभाको २० औँ अधिवेसनको दोश्रो बैठक असार २७ गते बस्ने नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

पराजित उम्मेदवारहरुले दिए बिजयीहरुलाई बधाई र मतदातालाई धन्यवाद

तनहुँ । फागुन २३ तनहुँको दुबै निर्वाचन क्षेत्रमा पराजित भएका उम्मेदवारहरुले बिजयी सांसदहरुलाई बधाई दिएका