म्याग्दे गाउँपालिकाको बजेट ६८ करोड ७६ लाख

Devghat Online

शेयर गरौ

तनहुँ । असार १०

म्याग्दे गाउँपालिकाले आगामी आर्थिक वर्षको लागि ६८ करोड ७६ लाख ३६ हजार रुपैयाँको अनुमानित आय व्यय सार्वजानिक गरेको छ ।

गाउँपालिकाको १८ औं गाउँसभाको दोश्रो बैठकमा मंगलबार गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले उक्त बजेट सार्वजनिक गरेका थिए । जसमध्ये चालु तर्फ ६८ दशमलब ९४ प्रतिशत अर्थात ४७ करोड ४० लाख ५२ हजार र पुँजीगत तर्फ ३१.०६ प्रतिशत अर्थात २१ करोड ३५ लाख ८४ हजार बाँडफाँड गरिएको छ ।

आगामी आर्थिक वर्षको खर्च व्यहोर्ने श्रोत मध्ये संघीय सरकारबाट प्राप्त हुने वित्तिय समानिकरण अनुदान ९ करोड ८६ लाख, शशर्त अनुदान पुँजिगत ८० लाख ४० हजार, शशर्त अनुदान चालु १८ करोड ८ लाख ७४ हजार, संघीय राजश्व बाँडफाँडबाट प्राप्त हुने ८ करोड ४५ लाख ४२ हजार तथा प्रदेश सरकारबाट प्राप्त हुने वित्तिय समानिकरण अनुदान १ करोड २१ लख ७५ हजार, प्रदेश सरकारको राजश्व बाँडफाँडबाट प्राप्त हुने ८८ लाख ६३ हजार  हुने अनुमान गरिएको छ ।

त्यसैगरि राष्ट्रपति शैक्षिक सुधार तथा अन्य अनुमान ९० लाख, सडक बोर्डको आम्दानी २३ लाख र आन्तरिक आय तर्फ ११ करोड २५ लाख ५५ हजार, संघको समपुरक १ करोड २० लाख, संघको विशेष अनुदान ९० लाख, सामाजिक सुरक्षा भत्ता वापत प्राप्त हुने १३ करोड ५० लाख, प्रदेशको समपुरक अनुदान ६० लाख, प्रदेशको विशेष अनुदान ४० लाख, नागरिक बाट जम्मा हुने नगद साझेदारी रकम १ करोड ७० लाख हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आदिकवि भानुभक्त क्याम्पस र एकदेव आले स्मृति प्रतिष्ठानबीच समझदारीः शिक्षा, अनुसन्धान र पठन संस्कृतिमा सहकार्य हुने

तनहुँ । साउन ८ उच्च शिक्षा संस्था र सामुदायिक संस्थाबीचको सहकार्यलाई संस्थागत, प्रभावकारी तथा दीर्घकालीन

तनहुँमा राष्ट्रिय परिचयपत्र र राहदानी सेवाको सास्ती अन्त्य गर्न सांसद न्यौपानेको पहलः जनशक्ति र उपकरण थपिने

तनहुँ । साउन ७ जिल्ला प्रशासन कार्यालय तनहुँमा राष्ट्रिय परिचयपत्र र राहदानी बनाउन सेवाग्राहीले सास्ती