एसइईमा देवघाटः बज्रयोगिनी सर्वाेत्कृष्ट, राष्ट्रिय मावि नील खायो

Devghat Online

शेयर गरौ

देवघाट । असार १५
एसइई परिक्षा २०८१ को नतिजा अनुसार देवघाट गाउँपालिकाका सामुदायिक विद्यालयका ७३.१५ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् । देवघाटका सामुदायिक विद्यालय मध्ये वडा नम्बर ५ को बज्रयोगिनी माध्यमिक विद्यालय सर्वाेत्कृष्ट भएको छ । विद्यार्थी तर्फ भने वडा नम्बर ५ को कालिका माविका दिलिप गुरुङ प्रथम भएका छन् । उनले ३.७५ जिपिए प्राप्त गरेका छन् । त्यसैगरि छात्रा तर्फ पनि कालिका माविकै आकृति लामिछाने र बविता भुजेल प्रथम भएका छन् । लामिछाने र भुजेलले ३.५६ जिपिए प्राप्त गरेका छन् ।

बज्रयोगिनीका २६ जना परिक्षार्थी मध्ये २५ जना उत्तिर्ण र १ जना ननग्रेड भएका छन् । बज्रयोगिनीले ९६.१५ प्रतिशत नतिजा निकालेको छ । यसैगरि दोश्रोमा कालिका मावि पर्न सफल भएको छ । कालिका माविको २५ जना परिक्षार्थी मध्ये १ जना ननग्रेड भएका छन् । कालिकाले ९६ प्रतिशत नतिजा निकालेको छ । त्यसैगरि क्रमशः वडा नम्बर २ को आदर्श शिक्षा माविले ९५.४५ प्रतिशत र वडा नम्बर शिद्धमहाकाली माविले ८४.६१ प्रतिशत नतिजा निकालेको छ ।

त्यसैगरि वडा नम्बर १ को पार्वती माविले ८१.४८ प्रतिशत, वडा नम्बर २ को भृकुटी माविले ७२.४१ प्रतिशत, वडा नम्बर ३ कै बालविकास माविले ५० प्रतिशत र वडा नम्बर २ को कालिगंगा माविले २६.३१ प्रतिशत नतिजा निकालेको देवघाट गाउँपालिका शिक्षा शाखाका प्रमुख होमनाथ लामिछानेले जानकारी दिए ।

वडा नम्बर ४ को राष्ट्रिय माविले भने नील खाएको छ । उक्त विद्यालयका ९ जना परिक्षार्थीले एसइई परिक्षा दिएकोमा सबै परिक्षार्थीको ननग्रेड भएको छ ।

गुरुकुल तर्फ भने देवघाटमा सन्चालित चार वटै गुरुकुलहरुको नतिजा शतप्रतिशत आएको छ । महेश संस्कृत गुरुकुल, परमानन्द संस्कृत गुरुकुल, बेदबेदाङ्ग संस्कृत विद्यापिठ र महाकल्याणी गुरुकुलको नतिजा शतप्रतिशत आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

नेपाल संस्कृत विश्व विद्यालयको कार्यकारी परिषदमा सुवेदी र प्राज्ञिक सभामा सच्चिदानन्द सरस्वती

देवघाट । बैशाख २ नेपाल संस्कृत विश्व विद्यालयले विश्वविद्यालयको कार्यकारी परिषद् सदस्यमा प्रा.डा.गुरुप्रसाद सुवेदलाई र