एसइईमा म्याग्दे गाउँपालिकाः ५३.४५ प्रतिशत विद्यार्थी उत्तिर्ण

Devghat Online

शेयर गरौ

तनहुँ । असार १५

एसइई परिक्षामा म्याग्दे गाउँपालिकाको सामुदायिक र संस्थागत विद्यालय तर्फ समग्रमा ५३ दशमलव ४५ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् । गाउँपालिकाका अनुसार सामुदायिक विद्यालयका ५० प्रतिशत र संस्थागत विद्यालयका ७७.१४ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् ।

म्याग्देका सामुदायिक विद्यालय मध्ये सबैभन्दा बढि वडा नम्बर १ को महेन्द्र माविको नतिजा रहेको छ । महेन्द्र माविका ८३.३ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् ।

त्यसैगरि क्रमशः वडा नम्बर ६ को रत्न माविको ७० प्रतिशत, वडा नम्बर ४ को गणेश माविको ५० प्रतिशत, वडा नम्बर २ को राधा माविको ४५.३ प्रतिशत, वडा नम्बर ३ को जनगणपति माविको ४४.४ र वडा नम्बर ४ कै मिन माविको ४१.९ प्रतिशत नतिजा आएको छ ।

संस्थागत विद्यालय तर्फ मेघदह अंग्रेजी स्कुलको ८३.३३ र आदर्श अंग्रेजी स्कुलको ७३.९१ प्रतिशत विद्यार्थी उत्तिर्ण भएको म्याग्दे गाउँपालिकाका शिक्षा शाखाका प्रमुख विष्णु खत्रीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता