जिल्लाका उत्कृष्ट कृषक पुरस्कृत

Devghat Online

शेयर गरौ

तनहुँ । असार १५

तनहुँका उत्कृष्ट पाँच जना कृषकहरुलाई सम्मान गरिएको छ । गन्डकी प्रदेश सरकार कृषि तथा सहकारी मन्त्रालयको उत्कृष्ट कृषक छनौट सम्बन्धी मापदण्ड बमोजिम आर्थिक वर्ष २०८१÷०८२ मा तनहुँ जिल्लाका व्यवसायीक कृषकहरु मध्येबाट छनौट गरि चार जना कृषकलाई जनही १० हजार रुपैयाँको दरले नगद पुरस्कार सहित सम्मान गरिएको हो ।

सम्मानित हुनेहरुमा म्याग्दे गाउँपालिका–२ उमाचोकका उमादेवी कृषि फर्मका सन्चालक निर्मल अधिकारी, भिमाद नपा–५ का गैह्रे पशु तथा कृषि फर्मका सन्चालक कृष्णप्रसाद गैह्रे, म्याग्दे गापा–६ का शिद्ध अर्गानिक कृषि फर्मका सन्चालक डेकबहादुर गुरुङ र भानु नपा–२ का अनुग्रह कृषि तथा पशु फर्मका सन्चालक छेनुर्पु तामाङ रहेका छन् ।

उनीहरुलाई आईतबार राष्ट्रिय धान दिवसको अवसरमा व्यास नपा–९ मा आयोजित कार्यक्रमको अवसरमा गन्डकी प्रदेश सभाका सांसद अशोक कुमार श्रेष्ठ, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी लगायतले सम्मान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता