स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले घिरिङ गाउँपालिकासँग राख्यो मागपत्र

Devghat Online

शेयर गरौ

तनहुँ । असार १७

जनज्योति क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनले स्ववियु पार्क तथा कार्यालय निर्माणका लागि बजेट माग गर्दै घिरिङ गाउँपालिका समक्ष माग गरेको छ ।

मंगलबार गाउँपालिकाका अध्यक्ष होम बहादुर थापालाई मागपत्र बुझाउँदै स्ववियुले हालसम्म कार्यालय तथा पार्कको अभावले विद्यार्थी गतिविधि सञ्चालनमा समस्या भइरहेको, कागजात, फाईल तथा सामाग्री सुरक्षित राख्ने सामाग्री अभाव भएको तथा विभिन्न शैक्षिक, सामाजिक र सांस्कृतिक कार्यक्रम सन्चालन गर्न असहज भएको भन्दै यी माग पुरा गर्न आवश्यक बजेट बिनियोजन गर्न माग गरेको छ ।

स्ववियु अध्यक्ष विप्लप भण्डारी र सचिव अस्मिता क्षेत्रीले उक्त माग पत्र गाउँपालिकाका अध्यक्ष थापालाई बुझाएका थिए । आफ्नो निबदेनबारे गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाले ले सकारात्मक सहयोग हुने आश्वासन दिएको स्ववियु सचिव अस्मिता क्षेत्रीले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

पराजित उम्मेदवारहरुले दिए बिजयीहरुलाई बधाई र मतदातालाई धन्यवाद

तनहुँ । फागुन २३ तनहुँको दुबै निर्वाचन क्षेत्रमा पराजित भएका उम्मेदवारहरुले बिजयी सांसदहरुलाई बधाई दिएका

प्रतिनिधि सभा सदस्य निर्वाचनको परिणामः तनहुँका दुबै क्षेत्रमा रास्वपाको सानदार जित

तनहुँ । फागुन २३ प्रतिनिधि सभा सदस्यको निर्वाचन अन्तर्गत तनहुँको दुबै निर्वाचन क्षेत्रको मतगणना सकिएको