भिमादको साझा लाइनमा निःशुल्क शुद्ध खानेपानी फिल्टर

Devghat Online

शेयर गरौ

अन्जान परियार । भिमाद, असार १८

भिमाद नगरपालिका वडा नम्बर ६ स्थित साझा लाइनमा निःशुल्क शुद्ध खानेपानी फिल्टर राखिएको छ । भिमाद खानेपानी तथा उपभोक्ता सरसफाई समितिको पहलमा गत असार ८ गते देखि उक्त फिल्टर प्रयोगमा ल्याईएको हो ।

समितिका सदस्य सूर्य विश्वकर्माको संयोजकत्वमा राखिएको फिल्टरको लागत १ लाख ७० हजार परेको छ भने यसको क्षमता ९४ लिटर रहेको छ । आधुनिक किसिमको उक्त फिल्टर खानेपानी कार्यालय नजिकै राखिएको छ ।

खानेपानी कार्यालयका कर्मचारी विक्रम लम्सालले सेवाग्राही तथा भिमाद क्षेत्रमा आउने सर्वसाधारणहरूले फिल्टर बाट जाडोमा नर्मल र गर्मीमा चिसो पानी निःशुल्क रूपमा पिउन सकिने बताए । लम्सालले भने अब कसैले पसलमा गएर बोतलको पानी किनेर खानु पर्दैन, फिल्टरबाट आवश्यक परेमा एक–दुई बोतल पानी बोकेर लैजान पनि मिल्ने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

नेपाल संस्कृत विश्व विद्यालयको कार्यकारी परिषदमा सुवेदी र प्राज्ञिक सभामा सच्चिदानन्द सरस्वती

देवघाट । बैशाख २ नेपाल संस्कृत विश्व विद्यालयले विश्वविद्यालयको कार्यकारी परिषद् सदस्यमा प्रा.डा.गुरुप्रसाद सुवेदलाई र