उत्कृष्ट नतिजा निकाल्ने विद्यालय शिक्षक तथा विद्यार्थीहरुलाई घिरिङ गाउँपालिकाको नगद सहित सम्मान

Devghat Online

शेयर गरौ

तनहुँ । असार १९

घिरिङ गाउँपालिकाले एसइई परिक्षामा उत्कृष्ट नतिजा निकाल्न सफल शिक्षक तथा विद्यार्थीहरुलाई नगद पुरस्कार सहित सम्मान गरेको छ ।

गाउँपालिकाको कार्यालयमा विहिबार आयोजित कार्यक्रममा गाउँपालिकाका अध्यक्ष होमबहादुर थापा, उपाध्यक्ष राधादेवी अधिकारी, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ढकाल, शिक्षा शाखाका अधिकृत कृष्णप्रसाद सुवेदी लगायतले शिक्षकहरुलाई सम्मान गरेका थिए ।

उक्त अवसरमा घिरिङ गाउँपालिकाका सामुदायिक विद्यालय मध्ये सबैभन्दा राम्रो नतिजा ल्याउने चन्द्रज्योती माविका प्रअलाई नगद १५ हजार तथा दोश्रो स्थानमा रहेको कामधेनु माविका प्रअ बलबहादुर आलेलाई नगद १२ हजार रुपैयाँ सहित सम्मान गरिएको थियो । शिक्षक तर्फ भने सबैभन्दा राम्रो नतिजा ल्याउने सरस्वती माविका विद्यार्थी सुमित रानालाई नगद १० हजारले प्रदान गरिएको थियो ।

उक्त अवसरमा कृष्ण माविकी विद्यार्थी सृष्टि सुनारलाई ८ हजार, कामधेनु माविकी विद्यार्थी श्रीमाया थापालाई ६ हजार, चन्द्रज्योती माविका शिक्षक जनक सिग्देल, महाकाली रानाभाट, जिवनप्रसाद भट्ट, सोमराज सिग्देल, शिशिर शर्मा र सचिना बसेललाई जनही ५ हजार तथा सोही विद्यालयकी विद्यार्थी प्रेमकुमारी थापालाई ४ हजार रुपैयाँ उपलब्ध गराईएको थियो ।

त्यसैगरि कृष्ण माविका दयाराज भण्डारी, राष्ट्रिय माविका सागर थापा र मिनाकुमारी श्रेष्ठ, कामधेनु माविकी बिही थापा, लक्ष्मण कामी र पुर्षाेत्तम थापालाई ५ हजार, कृष्ण माविकी दुर्गा कोईराला र खिमकर्ण ढकाल, चन्द्रज्योती माविका जनक सिग्देल र प्रेमबहादुर थापा, दिपक माविका तारानाथ पोखरेल, देवेन्द्र कुमार कार्की, कमल नेपाली र गमबहादुर परियारलाई जनही २ हजार रुपैयाँको दरले सम्मान गरिएको थियो ।

उक्त कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाले अहिलेको भन्दा उत्कृष्ट नतिजा निकाल्न शिक्षकहरुलाई अनुरोध गरे । गाउँपालिकाले आफ्नो क्षमता अनुसार शिक्षामा लगानी गरेको भन्दै उत्कृष्ट काम गर्ने शिक्षकहरुलाई सम्मान गर्दै जाने बताए । सोही अवसरमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई पनि सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल

राष्ट्रिय परिचयपत्र वितरण सहज बनाउन प्रजिअ तिवारीलाई रास्वपा तनहुँको ध्यानाकर्षण

तनहुँ । साउन २१ राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय तनहुँमा बिहानैदेखि लाग्ने सर्वसाधारणको अनियन्त्रित

भिमादमा एआई प्रविधिसहितको छाती एक्स–रे शिविर सम्पन्न, २४ जनामा क्षयरोगको लक्षण

तनहुँ । साउन २१ तनहुँको भिमाद नगरपालिकामा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा आधारित छातीको एक्स–रे परीक्षण