आँबुखैरेनीका १२ सामुदायिक विद्यालयलाई १५ सेट कम्प्युटर सहयोग

Devghat Online

शेयर गरौ

तनहुँ । असार २१

नेपाल विद्युत प्राधिकरण अन्तर्गत मस्र्याङ्दी कोरिडोर २२० केभी प्रसारण लाइन आयोजनाले आँबुखैरेनी गाउँपालिकाका १२ विद्यालयलाई १५ वटा कम्प्युटर सेट हस्तान्तरण गरेको छ ।

कम्प्युटर सहयोग पाउने विद्यालयहरूमा विकास ज्योति आधारभूत विधालय., अरुणोदय आधारभूत विधालय, पञ्चकन्या आधारभूत विधालय, जलदेवी आधारभूत विधालय, अन्नपूर्ण आधारभूत विधालय, जम्मादेवी आधारभूत विधालय, आँबु आधारभूत विधालय, सयपत्री आधारभूत विधालय, चण्डेश्वरी आधारभूत विधालय, अकला आधारभूत विधालय, छिम्केश्वरी मावि. र रामशाह मावि. रहेका छन् ।

गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रम गाउँपालिका अध्यक्ष शुक्र चुमानको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा उपाध्यक्ष दुर्गा अर्याल, प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद शर्मा, सबै वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरू, विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरू, प्रधानाध्यापक तथा शिक्षकहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा आयोजनाका सहायक प्रबन्धक कमलराज चुके, स्टोर शाखा प्रमुख सुभाष अधिकारी, सहायक इन्जिनियर हस्तबहादुर देवकोटा र वातावरण संरक्षण अधिकृत अन्नत पौडेलको टोलीले कम्प्युटर हस्तान्तरण गरेका थिए ।

कम्प्युटर हस्तान्तरण कार्यक्रममा गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख निर्मला कुँवरले उक्त सहयोगले विद्यालयमा प्रविधिमैत्री शिक्षाको सुरुवात गर्न सहयोग पु¥याउने र विद्यार्थीहरूको सिकाइ प्रक्रियामा सहजता आउने विश्वास लिएको बताइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चैतेधान खेतीको साँसद महतसहितको टोलीद्वारा अनुगमन तथा कृषि सामाग्री हस्तान्तरण

तनहुँ । बैशाख १९ चैते धान उत्पादन प्रबद्र्धन कार्यक्रम अन्र्तगत मंङगलबार यहाँका दुई पालिकामा गरिएको

पत्रकार महासङ्घ तनहुँद्वारा जिससमार्फत् स्थानीय तहलाई ज्ञापनपत्र

तनहुँ । बैशाख १५ सरकारी विज्ञापन वितरणसम्बन्धी हालैको निर्णयविरुद्ध नेपाल पत्रकार महासङ्घ तनहुँले जिल्ला समन्वय