व्यास नगरपालिकाद्वारा एसइई उत्तिर्ण विद्यार्थीलाई सम्मान

Devghat Online

शेयर गरौ

तनहुँ । असार २२

व्यास नगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८१ मा उत्कृष्ट नतिजा हासिल गरेका विद्यार्थीहरूलाई सम्मान गरेको छ । आइतबार दमौली सभागृहमा आयोजित कार्यक्रममा नगर प्रमुख बैकुण्ठ न्यौपाने, उपप्रमुख इन्दिरा दरै, प्रमुख प्रशासकीय अधिकृत काशिराम गैह्रे, नगर शिक्षा अधिकारी केदार आचार्य लगायतले उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान गरेका थिए ।

व्यास नगरपालिकामा एसइई परिक्षा २०८१ मा सर्बोत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीमध्ये सस्थागत बिधालयबाट स्नेहा गिरि (शान्ति वर्षा मावि) ले ४.० जिपिए र सामुदायिक बिधालयबाट अन्बेशिका शर्मा (सत्यवती मावि) ले ३.९८ जिपिए प्राप्त गरेकी छन् । ३.९० जिपिए भन्दा माथि ल्याउने २१ जना विद्यार्थीमध्ये १६ जना सत्यवती माध्यमिक विद्यालयबाट, २–२ जना शान्ति वर्षा र पराशर मावि. बाट र १ जना गोरखकाली आवासीय विद्यालयबाट रहेका छन् ।

यस वर्ष व्यास नगरपालिकाको सफलता दर ७५.०५ प्रतिशत रहेको छ, जुन तनहुँ जिल्लाको औसत ६४.३२ प्रतिशत र राष्ट्रिय औसत ६१.८१ प्रतिशत भन्दा उच्च रहेको नगर प्रमुख बैकुण्ठ न्यौपानेले बताए ।

२०७९ सालको परीक्षामा ४५.०८ प्रतिशत मात्र रहेको सफलता दर २०८१ सालमा ७५.०७ प्रतिशत मा पुग्नु व्यास नगरको शिक्षा क्षेत्रमा भएको गुणात्मक सुधारको प्रमाण भएको भन्दै नगर प्रमुख न्यौपानेले ३० प्रतिशतभन्दा बढीको वृद्धिसहित प्राप्त यो नतिजा शिक्षामैत्री नीतिहरू, विद्यालयहरूसँगको सहकार्य र विद्यार्थी–शिक्षकको मेहनतको प्रतिफल भएको बताए ।

कार्यक्रममा नगर प्रमुख बैकुण्ठ न्यौपाने, उप–प्रमुख इन्दिरा दरै, प्रमुख प्रशासनिक अधिकृत काशीराम गैरे, शिक्षा साखा प्रमुख केदार आचार्य, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, नगर शिक्षा समिति, शिक्षक महासंघ तनहुँका अध्यक्ष, विभिन्न विद्यालयका प्रधानाध्यापकहरू, शिक्षकहरू तथा अन्य सरोकारवाला व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा एसइईमा सफल भएका विद्यार्थीहरूलाई अबिर र खादासहित सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

पराजित उम्मेदवारहरुले दिए बिजयीहरुलाई बधाई र मतदातालाई धन्यवाद

तनहुँ । फागुन २३ तनहुँको दुबै निर्वाचन क्षेत्रमा पराजित भएका उम्मेदवारहरुले बिजयी सांसदहरुलाई बधाई दिएका

प्रतिनिधि सभा सदस्य निर्वाचनको परिणामः तनहुँका दुबै क्षेत्रमा रास्वपाको सानदार जित

तनहुँ । फागुन २३ प्रतिनिधि सभा सदस्यको निर्वाचन अन्तर्गत तनहुँको दुबै निर्वाचन क्षेत्रको मतगणना सकिएको