घिरिङ गाउँपालिकाद्वारा उत्कृष्ट चार कर्मचारी सम्मानित

Devghat Online

शेयर गरौ

अन्जान परियार । घिरिङ, असार २६

घिरिङ गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ मा उत्कृष्ट कार्य सम्पादन गरेका चार जना कर्मचारीलाई सम्मान गरेको छ। गाउँपालिकाको १८ औं गाउँसभाको अवसर पारेर बिहीबार आयोजित विशेष समारोहमा उनीहरूलाई सम्मान गरिएको हो।

सम्मानित कर्मचारीहरूमा लेखा अधिकृत अविनाश ढकाल, कम्प्युटर अधिकृत तथा पञ्जीकरण शाखा प्रमुख देवेन भुजेल, शिक्षा शाखाका प्राविधिक सहायक पुष्पा थापा खत्री र आन्तरिक लेखा परीक्षक रामु पराजुली रहेका छन्।

उनीहरूलाई गाउँपालिका अध्यक्ष होमबहादुर थापा, उपाध्यक्ष राधादेवी अधिकारी, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ढकाल, वडा अध्यक्षहरू तथा कार्यपालिका सदस्यहरूले दोसल्ला ओढाइ, करुवा र सम्मान–पत्र प्रदान गरी सम्मान गरेका हुन्।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष थापाले कर्मचारीहरूको कार्यसम्पादनमा अनुशासन र इमान्दारिता अनिवार्य रहेको उल्लेख गर्दै सम्मानित कर्मचारीहरूलाई बधाई तथा शुभकामना दिए। उनले अन्य कर्मचारीलाई पनि आगामी दिनमा उत्कृष्ट कार्यसम्पादन गरी सम्मान प्राप्त गर्ने दिशामा अगाडि बढ्न आग्रह गरे।

साथै गाउँपालिकाले उत्कृष्ट सेवा प्रवाहलाई प्रोत्साहन गर्न र कर्मचारीहरूको मनोबल उच्च बनाउन यस प्रकारको सम्मान कार्यक्रम आयोजना गरेको अध्यक्ष थापाले जनाए।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चुनावी प्रतिबद्धता स्मरण गराउँदै फिरफिरेका युवाद्वारा सांसद न्यौपानेलाई बुझाए ध्यानाकर्षण पत्र

तनहुँ । साउन १७ शुक्लागण्डकी नगरपालिका–१२, फिरफिरेका युवाहरूले तनहुँ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य

एसएलसी परीक्षामा नेपाल प्रथम हुने महेश संस्कृत गुरुकुलका रिमाल र आचार्यलाई ‘विनाजा पुरस्कार’

देवघाट । साउन १७ राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालित वि.सं.२०८२ को कक्षा १२ को माध्यमिक शिक्षा

सुनसरी र सिराहा घटनाका मृतक र निम्सदाइ सहित पर्वतारोहीको स्मृतिमा देवघाटमा दीप प्रज्वलन एवं श्रद्धाञ्जली सभा

सफल शर्मा । देवघाट, साउन १७ हालै सुनसरी र सिराहामा भएको घटनामा ज्यान गुमाएका मृतक