प्रतिबन्धित लागु औषध डाईजेपाम सहित २ जना महिला पक्राउ

Devghat Online

शेयर गरौ

तनहुँ । असार २९

प्रतिबन्धित लागु औषध डाइजेपाम सहित तनहुँमा २ जना महिला पक्राउ परेका छन् । पक्राउ पर्नेमा रुपन्देही ओमसतिया गापा वडा नम्बर ५ बस्ने वर्ष ३५ की मालती लोध र सोही ठाउँकी बर्ष ५० की शिला हरिजन रहेका छन् ।

शनिबार बिहान ७ः३० बजेको समयमा आँबुखैरेनी गाउँपालिका–४ बेनिटार स्थित पृथ्वी राजमार्ग सडक–खण्डमा सवारी साधन तथा शंकास्पद मानिसहरुलाई चेकजाँच गर्ने क्रममा मुग्लिङबाट आँबुखैरेनी तर्फ आउदै गरेको बाग्मती प्रदेश ०१–००६ ख ७२८३ नम्बरको यात्रुबाहक माइक्रो बसमा सवार उनीहरुले कालो रंगको पछाडी भिर्ने झोला भित्र लुकाई छिपाई ल्याएको अवस्थामा डाइजेपान ८६६ एम्पुल, फेनेग्रान ८६६ एम्पुल र बुप्रेनोर्फिन ८६६ एम्पुल गरि गरी जम्मा २ हजार ५९८ एम्पुल नियन्त्रित लागु औषध फेला परेकोले उनीहरुलाई नियन्त्रणमा लिई इप्रका आबुँखैरेनीमा ल्याई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता