पोखरामा कोरोना संक्रमित वृद्धाको मृत्यु

Devghat Online

शेयर गरौ

पोखरा । साउन ५

पोखरामा कोरोन संक्रमणका कारण एक जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका–११ फूलबारीकी ७० वर्षीया वृद्धाको मृत्यु भएको हो ।

पोखराको चरक मेमोरियल अस्पतालमा उपचाररत ती वृद्धाको आइतबार उपचारको क्रममा मृत्यु भएको प्रादेशिक स्वास्थ्य निर्देशनालय, पोखराका निर्देशक खिमबहादुर खड्काले बताए ।

उनलाई असार २५ गते कोरोना संक्रमण पुष्टि भएको थियो । जनस्वास्थ्य प्रयोगशाला गण्डकीमा पिसिआर जाँच गरिएकोमा रिपोर्ट पोजेटिभ आएको हो । यद्यपि कोरोनकै कारण अस्पताल ल्याइएको भने होइन । उनलाई उच्च रक्तचाप र मधुमेहको समस्यासमेत थियो ।

गण्डकीमा गएको जनवरीदेखि हालसम्म ८ जनालाई कोरोना संक्रमणको पुष्टि भएको छ । कास्कीमा ५ जना, बागलुङमा २ जना, स्याङजामा १ जनालाई संक्रमणको पुष्टि भएको थियो । हाल संक्रमितको संख्य शून्य रहेको खड्काले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले