म्याद सकिनु १३ महिना अघि नै भिमादमा बन्यो पक्की पुल

Devghat Online

शेयर गरौ

तनहुँ । साउन ६

भिमाद नपा–१ डुम्रीबेशी स्थित कुलुङ्गखोलामा म्याद सकिनु १३ महिना अघि नै पक्की पुल निर्माण सम्पन्न भएको छ । २०८१ असोज तेश्रो सातामा २ वर्षको म्याद सहित निर्माण थालिएको उक्त पुल २०८२ साउन पहिलो साता निर्माण कार्य पुरा भएको हो । सम्झौता अनुसार उक्त पुलको निर्माण अवधि २०८३ असार दोश्रो साता सम्म रहेको थियो ।

गन्डकी प्रदेश सरकारको ७ करोड ७३ लाख ६४ हजारको लागतमा ७४ दशमलव २० मिटर लम्बाईको उक्त पुल ज्वालामुखी कन्ट्रक्सन धादिङले निर्माण गरेको हो । भिमाददेखी पाल्पाको रामपुर जोड्ने भिमकाली मार्गमा पर्ने उक्त डुम्रीबेशी खोलामा मोटरेवल पुल निर्माण भएपछि स्थानीय बासिन्दा तथा सवारी चालकहरुलाई निकै सुविधा पुग्ने भिमाद नपा वडा नम्बर १ का वडा सदस्य दयाराम श्रेष्ठले बताए ।

२५ वर्ष अघि नै भिमकाली मार्गको ट्रयाक खनिएको भएपनि पुल भने अहिले मात्र बनेको हो । पुर्वाधार विकास कार्यालय तनहुँका प्रमुख रविन्द्र कडेलले प्रदेश सरकारको आर्थिक सहयोगमा निर्माण गरिएको उक्त पुल निर्माण सम्झौता अविधि अघि नै निर्माण कार्य पुरा भएको बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

अपाङ्गता भएका व्यक्तिले उत्पादन गरेका सामग्री खरिद गर्न भिमाद नगरपालिकाको अपिल

तनहुँ । भदौ २ भिमाद नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूले निर्माण तथा उत्पादन गरेका सामग्रीहरूलाई प्राथमिकताका

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो