मन्त्री भएपछि न्यौपाने पहिलो पटक देवघाट आउँदै

Devghat Online

शेयर गरौ

देवघाट । साउन ८

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपाने देवघाट आउने भएकी छिन् । मन्त्री भएपछि पहिलो पटक शुक्रबार गृह जिल्ला तनहुँ आउन लागेकी मन्त्री न्यौपानेले गृह जिल्ला भ्रमणको सुरुवात देवघाट गाउँपालिकाबाट गर्ने भएकी छिन् ।

मन्त्री न्यौपाने शुक्रबार दिउँसो देवघाट आईपुग्ने कार्यक्रम रहेको छ । मन्त्री न्यौपानेको देवघाट गाउँपालिकाको कार्यालयमा जनप्रतिनिधि र कर्मचारीसँग भेटघाटको कार्यक्रम रहेको छ । त्यसपछि सिटि हलमा नेकपा एमालेका कार्यकर्ता तथा स्थानीय नागरिक समाजसँग भेटघाट र छलफलको कार्यक्रम रहेको छ ।

नेकपा एमाले देवघाट गाउँ कमिटिका सचिव शान श्रेष्ठले मन्त्री न्यौपानेसँग भेटघाटको लागि शुक्रबार दिउँसो १ बजे देवघाटको सिटि हलमा सबै कार्यकर्ताहरुलाई आमन्त्रण गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

असार २४ः आजीवन गुरुकुल शिक्षा र गुरुपरम्पराको उत्थानमा लागेका एक महान् वेदान्त गुरुको पुण्य स्मृति दिवस

देवघाट । असार २४ वि.सं.२०७४ साल असार २४ गतेका दिन पूर्वीय दर्शन र वेदान्त विषयका

महिलाको आत्मनिर्भरताकालागि म्याग्दे–५ मा ३३ जना महिलालाई धुपबाट बत्ती बनाउने तालिम

तनहुँ । असार २३ महिलाको आर्थिक सशक्तीकरण, स्वरोजगार सिर्जना तथा स्थानीय स्रोत–साधनमा आधारित उद्यम विकास