एमाले देवघाटद्वारा मन्त्री न्यौपानेलाई स्वागत

Devghat Online

शेयर गरौ

विष्णु मगर । देवघाट, साउन ९

नेकपा ऐमाले देवघाट गाउँ कमिटिले संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्याैपानेलाई स्वागत गरेको छ ।
मन्त्री बनेपछि पहिलोपटक गृहजिल्ला तनहुँ आउनुभएकी न्यौपानेलाई नेकपा एमाले देवघाट गाउँ कमिटीले वडा नम्बर ५  स्थित सिटि हलमा कार्यक्रम आयोजना गरि स्वागत गरेको हो ।

उक्त कार्यक्रममा बोल्दै मन्त्री न्यौपानेले जनताका समस्याहरुकाे विषयमा आफु गम्भीर रहेको बताउनुभयो ।आफू तनहुँकाे छाेरी भएकाे कारण तनहुँबासी र जनताकाे शिर निहुर्याउने गतिविधिहरु कहिल्यै नगर्ने न्याैपानेले बताउनुभयो । पछिल्लाे समयमा नेकपा एमाले सरकारमा आएपछि विकासकाे गतिविधिहरु रफ्तारले अगाडि बढेकाे भन्दै न्यौपानेले बिकासकाे शिलशिलामा नेकपा एमालेले जति अरुवाट बिकास हुन नसक्ने न्याैपानेले बताउनुभयो ।आफू मन्त्री भइरहँदा तनहुँकाे समस्यालाई उजागर गरि आफ्नाे कार्यकालमा धेरै विकासकाे गतिबिधि गरि कमिकमजाेरि नआउने गरि काम गर्ने न्याैपानेले बताउनुभयो ।

उक्त कार्यक्रममा नेकपा एमाले गन्डकी प्रदेश कमिटीका सल्लाहकार सदस्य शिवराज पौडेलले देवघाटमा इलाका प्रशासन कार्यालय स्थापना गर्न पहल गर्नुपर्ने बताउनुभयो । देवघाटको नेकपा एमालेको पहलमा बनाईएका सरंचनाहरुकाे उद्घाटन गर्दै अपुराे सरंचनाहरुलाइ पुर्णता दिनुपर्नेमा पौडेलले मन्त्री न्यौपानेको ध्यानाकर्षण गराउनु भएको थियो ।

नेकपा ऐमाले देवघाट गाउकमिटिका अध्यक्ष भिम गुरुङकाे अध्यक्षतमा भएकाे सो कार्यक्रमको सञ्चालन नेकपा ऐमाले देवघाट गाउकमिटिका सचिव सान श्रेष्ठले गर्नुभएको थियो भने स्वागत मन्तव्य नेकपा ऐमाले गाउँकमिटिका उपाध्यक्ष भाेजराज नैनावस्तीले गर्नुभएको थियोे ।

यसैगरी संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्याैैपानेले देवघाट-५ को भर्जन कालिका देवी मन्दिरमा पुजा गरि देवघाटको भ्रमणको सुरुवात गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आदिकवि क्याम्पस र एकदेव प्रतिष्ठानबीच अन्तरक्रिया सम्पन्नः समावेशी र डिजिटल पुस्तकालय निर्माणमा सहकार्य गरिने

तनहुँ । साउन १० व्यास नपा–१ स्थित आदिकवि भानुभक्त क्याम्पस र एकदेव आले स्मृति प्रतिष्ठानबीच

तनहुँ–२ का सांसद न्यौपानेद्वारा ३ महिनामा ४२ वटा जनसंवाद, श्रावण १ देखि ‘विकास संवाद’ सुरु

तनहुँ । साउन १० तनहुँ क्षेत्र नम्बर २ का सांसद इन्जिनियर श्रीराम न्यौपानेले निर्वाचनका क्रममा

चौतर्फी आलोचनापछि दुलेगौँडा–हर्कपुर सडक मर्मत, स्थानीयद्वारा श्रमदान

तनहुँ । साउन १० दुलेगौँडा–हर्कपुर मोटरमार्गअन्तर्गत शुक्लागण्डकी नगरपालिका वडा नम्बर ३ उदेनढुंगामा बिग्रिएर बिजोग बनेको

आदिकवि भानुभक्त क्याम्पस र एकदेव आले स्मृति प्रतिष्ठानबीच समझदारीः शिक्षा, अनुसन्धान र पठन संस्कृतिमा सहकार्य हुने

तनहुँ । साउन ८ उच्च शिक्षा संस्था र सामुदायिक संस्थाबीचको सहकार्यलाई संस्थागत, प्रभावकारी तथा दीर्घकालीन