नेकपा एमाले भानु नगर कमिटिद्वारा मन्त्री न्यौपानेलाई स्वागत, मिसन ८४ सफल पार्ने उद्घोष

Devghat Online

शेयर गरौ

तनहुँ । साउन ११

नेकपा एमाले भानु नगर कमिटिले आइतबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेलाई स्वागत गरेको छ । नगर कमिटिको कार्यालय भानु नपा–१ भन्सारमा नगर कमिटिले भव्य कार्यक्रम आयोजना गरि मन्त्री न्यौपानेलाई स्वागत गरेको हो । उक्त कार्यक्रममा सयौंको संख्यामा एमालेका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

उक्त कार्यक्रममा बोल्दै नेकपा एमालेको केन्द्रीय सदस्य समेत रहेकी मन्त्री न्यौपानेले जनताका समस्याहरुको विषयमा आफु गम्भीर रहेको बताइन् । आफू भानु नगरपालिकाको छोरी भएको कारण भानु नगरबासी र जनताको शिर निहुर्याउने गतिविधिहरु कहिल्यै नगर्ने न्यौपानेले बताइन् ।

पछिल्लो समयमा नेकपा एमाले सरकारमा आएपछि विकासको गतिविधिहरु रफ्तारले अगाडि बढेको भन्दै न्यौपानेले विकासको काम नेकपा एमाले बाहेक अरुले गर्न नसक्ने बताइन् । आफू मन्त्री भइरहँदा तनहुँको समस्यालाई उजागर गरि आफ्नो कार्यकालमा धेरै विकासको गतिबिधि गरि कमि कमजोरि नआउने गरि काम गर्ने न्यौपानेले बताइन् । नेकपा एमालेको नेतृत्वमा अव तनहुँमा परिवर्तनको काम गरिने मन्त्री न्यौपानेले बताइन् ।

सो कार्यक्रममा नेकपा एमालेका जिल्ला अध्यक्ष हरिराज कडेंलले पार्टी भित्रका सामान्य अन्तरविरोधलाई ठुलो रुपमा नलिई पार्टीको काममा लाग्नुपर्ने बताए । जिवन्त पार्टीमा साना ठुला समस्या र अन्तरविरोधहरु सामान्य भएको भन्दै कडेंलले त्यसलाई पार्टीले नै समाधान गर्ने बताए ।

उक्त कार्यक्रममा नेकपा एमाले भानु नगर कमिटिका अध्यक्ष शंकर रानाभाटले अव पार्टीको लक्ष्यको रुपमा रहेको मिसन ८४ भानु नगरपालिकामा सफल पार्ने बताए । उनले तनहुँ क्षेत्र नम्बर १ ले पहिलो पटक एमालेको मन्त्री पाएको हुँदा यसपटक जसरी पनि सफल हुनै पर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जिल्ला भूमि समस्या समाधान समिति गठन

तनहुँ । जेठ २६ सरकारले देशभरका जिल्लाहरूमा भूमिसम्बन्धी समस्या समाधानका लागि ‘जिल्ला भूमि समस्या समाधान

मुग्लिन–पोखरा राजमार्ग सुधार आयोजना अन्तर्गत सचेतनामूलक कार्यक्रम सम्पन्न

तनहुँ । जेठ २६ मुग्लिन–पोखरा राजमार्ग सुधार आयोजना अन्तर्गत शुक्लागण्डकी नगरपालिका–४, दुलेगौंडामा एचआईभी/एड्स, यौनजन्य संक्रमण