थर्पु अस्पतालमा सेवा थपको लागि स्वास्थ्यमन्त्रीसँग अनुरोध

Devghat Online

शेयर गरौ

तनहुँ । साउन १३

म्याग्दे गाउँपालिकाको टोलीले थर्पु आधारभुत अस्पतालमा थप स्वास्थ्य सेवा प्रवाहको लागि सहयोग गर्न स्वास्थ्यमन्त्री प्रदिप पौडेलसँग अनुरोध गरेको छ ।

गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठको नेतृत्वमा मंगलबार गएको टोलीले स्वास्थ्य मन्त्रालयमा मन्त्री प्रदिप पौडेललाई भेट गरि थर्पु अस्पतालमा थप स्वास्थ्य सेवा प्रवाहको लागि सहयोग गर्न अनुरोध गरेको हो । उक्त क्रममा मन्त्री पौडेलले आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारयणप्रसाद अधिकारीले जानकारी दिए ।

उक्त भेटमा गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरे, प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारी, स्वास्थ्य शाखाका प्रमुख तिलकराज घिमिरे र थर्पु आधारभुत अस्पतालकी जनस्वास्थ्य निरिक्षक सक्षम घिमिरेको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता