धेरै संरचना बनाउनु भन्दा विभेद हटाउने शसक्त संरचना बनाउनुपर्नेमा मन्त्री न्यौपानेको जोड

Devghat Online

शेयर गरौ

काठमाडौं । साउन २८

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले दलित सम्बन्धि धेरै संरचना बनाउनु भन्दा सबै खाले विभेद र असमानता हटाउने खालको सशक्त संरचना बनाउनुपर्ने बताएकी छिन् ।

मन्त्रालयमा बुधबार आयोजित दलित समुदायको हक अधिकार सम्बन्धी प्रचलित कानुनी व्यवस्थाहरुको अध्ययन सम्बन्धी प्रस्तुती तथा छलफल कार्यक्रममा मन्त्री न्यौपानेले धेरै संरचना हुँदा काममा समन्वय भन्दा भन्दा झन त्यसले अन्यौल उत्पन्न गर्ने हुँदा अव बन्ने कानुनमा सशक्त र शक्तिशाली संरचना बनाउनुपर्ने बताइन् ।

देशमा व्याप्त सबैखाले विभेद र असमानता हटाएर यो गणतान्त्रिक व्यवस्थालाई अझ मजबुद् बनाउनुपर्ने मन्त्री न्यौपानेको भनाई थियो । दलित सम्बन्धी कानुन आवश्यक भएको र यसलाई जतिसक्दो चाँडो बनाउनुपर्ने भन्दै मन्त्री न्यौपानेले भनिन् ‘दलित अधिकारको सम्बन्धमा संविधानमा भएका व्यवस्था र प्रचलित कानुनको आधारमा ऐन बनाउँछौं ।’ बन्न बाँकी रहेका ऐन र कानुनलाई जतिसक्दो चाँडो बनाउनुपनुपर्नेमा मन्त्री न्यौपानेको जोड थियो ।

उक्त कार्यक्रममा दलित अधिकारकर्मी शुशिल विकेले दलित समुदायको अधिकार सम्बन्धी प्रचलित कानुनी व्यवस्थाहरुको अध्ययन सम्बन्धी प्रतिबेदन प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता