म्याग्देले समाजसेवी र बालमनोविज्ञ सुचिकृत गर्ने

Devghat Online

शेयर गरौ

तनहुँ । साउन २८

म्याग्दे गाउँपालिकाले समाजसेवी तथा बाल मनोविज्ञ सूचिकृत गर्ने भएको छ । गाउँपालिकाले हालै सुचना प्रकाशित गरि समाजसेवी र बाल मनोविज्ञ सुचिकृतको लागि आह्वान गरेको छ ।

म्याग्दे गाउँपालिकाको बाल अधिकार संरक्षण तथा सम्वद्र्धन सम्बन्धी एकिकृत कार्यविधि, २०८२ को दफा २५ बमोजिम देहायका योग्यता भएको समाजसेवी तथा बाल मनोविज्ञले आवश्यक कागजात सहित सुचना प्रकाशन भएको मितिले २१ भित्र रितपुर्वक निबेदन दिन गाउँपालिकाले आह्वान गरेको छ ।

समाजसेवीको रूपमा सूचिकृत हुनको लागि मान्यताप्राप्त शैक्षिक संस्थाबाट सम्बन्धित विषयमा स्नातक गरेको वा कम्तिमा प्रमाणपत्र तह/१०+२ कक्षा उत्तीर्ण गरी सामाजिक कार्य सम्बन्धी विषयमा कम्तीमा १ महिने तालिम प्राप्त गरेको तथा बाल मनोविज्ञको रूपमा सूचिकृत हुनको लागि मान्यता प्राप्त शैक्षिक संस्थाबाट मनोविज्ञ वा सम्बन्धित विषयमा स्नातक गरेको वा कम्तिमा प्रमाणपत्र तह/१०+२ कक्षा उत्तीर्ण गरी मान्यता प्राप्त निकाय वा तालिम प्रदायक संस्थाबाट मनोविज्ञान सम्बन्धमा कम्तीमा १ महिनाको तालिम प्राप्त गरेको हुनुपर्ने गाउँपालिकाले प्रकाशित गरेको सुचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जिल्ला भूमि समस्या समाधान समिति गठन

तनहुँ । जेठ २६ सरकारले देशभरका जिल्लाहरूमा भूमिसम्बन्धी समस्या समाधानका लागि ‘जिल्ला भूमि समस्या समाधान

मुग्लिन–पोखरा राजमार्ग सुधार आयोजना अन्तर्गत सचेतनामूलक कार्यक्रम सम्पन्न

तनहुँ । जेठ २६ मुग्लिन–पोखरा राजमार्ग सुधार आयोजना अन्तर्गत शुक्लागण्डकी नगरपालिका–४, दुलेगौंडामा एचआईभी/एड्स, यौनजन्य संक्रमण