सरसफाई केन्द्रको जग्गाको लागि सहमती प्रदान गर्न मन्त्री न्यौपाने समक्ष अनुरोध

Devghat Online

शेयर गरौ

तनहुँ । साउन २९

तनहुँको व्यास नगरपालिकाद्वारा सरसफाई केन्द्र निर्माण गर्नका लागि जग्गा प्राप्तीमा सहमती प्रदान गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपाने समक्ष अनुरोध गरेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत काशिराम गैह्रे, वडा नम्बर ५ का अध्यक्ष हिमाल श्रेष्ठ र वडा नम्बर १३ का अध्यक्ष बसन्त आलेले विहिबार मन्त्री न्यौपानेलाई मन्त्रालयमा ज्ञापनपत्र बुझाई सरसफाई केन्द्र निर्माणकोलागि जग्गा प्राप्तीमा सहमती प्रदानको लागि पहल गर्न अनुरोध गरेका हुन् ।

व्यास न.पा. वडा नम्बर १३ स्थित युगिन कृषि फर्मको नाममा रहेको साविक केशवटार ७/झ कित्ता नम्बर ४, ५, ६, ८, २२, २३, २४, २५, २६, २७, २८, २९, ३०, ३१, ३२, ३३, ३४, ३६, ३७, ३७१, ३७२ को कुल क्षेत्रफल ३९ रोपनी १५ आना १ पैसा ३ दामको जग्गा खरिद गर्नका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा यसअघि नै सहमतिका लागि अनुरोध भएकोमा हालसम्म पनि सहमति प्राप्त नभएको भन्दै व्यास नगर कार्यपालिकाको २०८२ साउन २२ गते वसेको बैठकको निर्णय अनुसार सहमति पत्र प्रदानको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री न्यौपानेलाई ज्ञापनपत्र बुझाएको हो ।

उक्त ज्ञापनपत्र बुझ्दै मन्त्री न्यौपानेले उक्त जग्गा प्राप्ती सम्बन्धी प्रस्तावको विस्तृत अध्ययन गरेर उपयुक्त निर्णय गर्ने बताइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चुनावी प्रतिबद्धता स्मरण गराउँदै फिरफिरेका युवाद्वारा सांसद न्यौपानेलाई बुझाए ध्यानाकर्षण पत्र

तनहुँ । साउन १७ शुक्लागण्डकी नगरपालिका–१२, फिरफिरेका युवाहरूले तनहुँ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य

एसएलसी परीक्षामा नेपाल प्रथम हुने महेश संस्कृत गुरुकुलका रिमाल र आचार्यलाई ‘विनाजा पुरस्कार’

देवघाट । साउन १७ राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालित वि.सं.२०८२ को कक्षा १२ को माध्यमिक शिक्षा

सुनसरी र सिराहा घटनाका मृतक र निम्सदाइ सहित पर्वतारोहीको स्मृतिमा देवघाटमा दीप प्रज्वलन एवं श्रद्धाञ्जली सभा

सफल शर्मा । देवघाट, साउन १७ हालै सुनसरी र सिराहामा भएको घटनामा ज्यान गुमाएका मृतक