विष्णु मगर । देवघाट, भदौ १
योङ्ग कम्युनिस्ट लीग (वाईसिएल) नेपाल देवघाट गाउँकमिटिको आयोजनामा आइतबारदेखी रिटर्नी सेन्टर प्रथम वाईएसिएल नेपाल देवघाट कप सुरु भएको छ ।



सो प्रतियोगिताको नेकपा माओवादी केन्द्रीय सदस्य तथा वाईसिएल इन्चार्ज राम प्रसाद सापकोटाले ( दिपशिखा) उद्घाटन गरेका थिए । सो अवसरमा बोल्दै सापकोटाले वाईसिएलले समाजको हितको लागि काम गर्दै आएको बताए । महिला सशक्तीकरण तथा उत्थानको लागि माओबादीले विभिन्न कार्यक्रम गर्दै आएको सापकोटाले बताए ।

वाईसिएलका केन्द्रीय अध्यक्ष पुष्प ओलीले महिलाहरुको फुटवल प्रतियोगिताले समाजमा धेरै राम्रो प्रभाव पार्ने बताए । यसको लागि वाईसिएल नेपाल केन्द्रबाट सहयोग मिल्ने ओलीले बताए । यो ठाउँ बाट राष्ट्रपति रामचन्द्र पौडेल निर्वाचित भएपनि देवघाट अझ पनि विकासको गतिमा पछप परिरहेको ओलीले बताए ।
देवघाट गाउँपालिका उपाध्यक्ष भुवन सिंह गुरुङले महिलाहरुको तिजमा दर खाने कार्यक्रम नल्याई महिलाहरुको लागि विभिन्न कार्यक्रम सन्चालन गरि महिलाहरुको क्षमता अभिवृद्धिमा टेवा पुग्ने योजना बनाउन पर्ने गुरुङले बताए ।

देवघाट गाउँ पालिका खेलकुद विकास समितिका अध्यक्ष अमर फेवालीले महिला फुटवल फुटवल प्रतियोगिताले महिला शसक्तिकरणमा टेवा पुग्ने बताए । महिलाको फुटवल प्रतियोगिता गराइरहदा देवघाटबाट नै खेलाडी उत्पादन गर्न नसकेको फेवालीले बताए ।सो कार्यक्रममा देवघाट महिला सञ्जाल वडा न ५ को नरिमाया सिंजालीले महिलाहरुको लागि महिला फुटवल प्रतियोगिताले ठुलो भुमिका खेल्ने र आगामि खेलहरुमा उसलाइ अनुभवहरु बटुल्दै निखार्दै खेलमा अब्बल सावित गर्न सकिने टेवा मिल्ने सिंजालीले बताए ।
देवघाट महिला सन्जालकी अध्यक्ष राधा खनालले महिलाहरुको कार्यक्रम समय समयमा ल्याई महिहाहरुको क्षमता अभिवृद्धि कार्यक्रम गर्नुपर्ने बताइन् । महिलाहरु पनि पुरुष भन्दा कम छैन भन्ने गरि महिलाहरुले आफ्नो प्रतिभा देखाउन खनालले अनुरोध गरिन् ।

वाइसिएल नेपाल देवघाट गाउँकमिटिका कार्यवहाक अध्यक्ष उमेश आलेको अध्यक्षतमा भएको उक्त कार्यक्रममा वाईसिएल केन्द्रीय सदस्य तथा तनहुँ इन्चार्ज दुर्गालाल गुरुङले स्वागत मन्तव्य राखेका थिए ।
उक्त प्रतियोगिताको पहिलो दिन मिलिजुली आमा समूह र सिर्जनशिल आमा समुह विच भएको खेलमा मिलिजुली आमा समु बिजयी भएको थियो । त्यस्तै एफ चितवन र खैरनी खेलकुद टिम विच भएको प्रतियोगितामा एफ चितवन बिजयी भएको थियो ।
उक्त प्रतियोगितामा प्रथम पुरुस्कार १ लाख, द्वित्तिय पुरस्कार नगद ५० हजार, शिल्ड मेडल तथा प्रमाण पत्र प्रदान गरिने छ ।













