बन्दीपुरमा निशुल्क तथा अनिवार्य शिक्षा लागु

Devghat Online

शेयर गरौ

तनहुँ । साउन ३२

तनहुँको बन्दीपुर गाउँपालिका स्थित सामुदायिक विद्यालयहरूमा आधारभूत तहसम्मको शिक्षामा निःशुल्क तथा अनिवार्य शिक्षा प्रणाली लागू गरेको छ । आधारभूत तहसम्म कुनै पनि विद्यालयले कुनै पनि बहानामा कुनै पनि शुल्क लिन नपाइने नियम लागू गरेको हो ।

नेपाल सरकारको संविधान २०७२ मा व्यवस्थामा भए अनुसार यसअघि नै यो प्रणाली लागू गरेपनि कतिपय विद्यालयहरूले अनेक बहानामा विद्यार्थीहरूसँग शुल्क असुल्दै आइरहेका छन् ।

यसैगरी शिक्षा ऐन तथा नियमावलीमा सञ्चालित विद्यालयहरूमा सोही तह अनुसारको स्थायी प्रधानाध्यापक व्यवस्थापन गर्नुपर्नेमा यस अघि अस्थायी राहत करार तथा निजी शिक्षकलाई बनाइएकोमा नियमानुसार प्रधानाध्यापक नियुक्ति गर्ने प्रक्रिया ऐन बनेपश्चात यसलाई कार्यान्वयन सुरु गरिएको गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख भीम प्रसाद लामिछाने बताए ।
प्रधानाध्यापक व्यवस्थापन गर्ने तहगत रूपमा स्थायी हुनुपर्नेमा यसभन्दा अगाडि नियम विपरीत रूपमा नियुक्ति हुँदै आइरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

शुक्लागण्डकीमा टाटा सुमो दुर्घटना हुँदा चालकसहित १२ जना घाइते

तनहुँ । साउन १२ शुक्लागण्डकी नगरपालिका–१२ सिम्लेस्थित भित्री सडक खण्डमा मंगलबार यात्रुबाहक टाटा सुमो दुर्घटना

निरन्तर पहिरो झर्न थालेपछि मुग्लिन–नारायणगढ सडकमा राति ८ बजेदेखि बिहान ५ बजेसम्म सवारी साधन सञ्चालनमा रोक

चितवन । साउन १२ मुग्लिन–नारायणगढ सडक खण्ड अन्तर्गत मुग्लिन बजार नजिकै नारायणगढतर्फ सुक्खा पहिरो खसेर