व्यास र शुक्लागन्डकी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत फेरिए

Devghat Online

शेयर गरौ

तनहुँ । भदौ ३

व्यास नगरपालिका र शुक्लागन्डकी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत फेरिएका छन् । संघीय मामिला मन्त्रालयले सोमबार प्रकाशित गरेको सुचना अनुसार तनहुँका उक्त दुई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत फेरिएका हुन् ।

मन्त्रालयका अनुसार व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत काशिराम गैह्रेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (अतिरिक्त) मा सरुवा भएको छ । व्यासमा चितवनको रत्ननगर नगरपालिकाबाट सुकदेव लम्सालको सरुवा भएको छ ।

त्यसैगरि शुक्लागन्डकी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादेको नवलपुरको गैंडाकोट नगरपालिकाका सरुवा भएको छ । शुक्लागन्डकीमा भने चाँडै नै नयाँ प्रमुख प्रशासकीय अधिकृतको सरुवा हुने मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

अपाङ्गता भएका व्यक्तिले उत्पादन गरेका सामग्री खरिद गर्न भिमाद नगरपालिकाको अपिल

तनहुँ । भदौ २ भिमाद नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूले निर्माण तथा उत्पादन गरेका सामग्रीहरूलाई प्राथमिकताका

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो