व्यास र शुक्लागन्डकी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत फेरिए

Devghat Online

शेयर गरौ

तनहुँ । भदौ ३

व्यास नगरपालिका र शुक्लागन्डकी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत फेरिएका छन् । संघीय मामिला मन्त्रालयले सोमबार प्रकाशित गरेको सुचना अनुसार तनहुँका उक्त दुई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत फेरिएका हुन् ।

मन्त्रालयका अनुसार व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत काशिराम गैह्रेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (अतिरिक्त) मा सरुवा भएको छ । व्यासमा चितवनको रत्ननगर नगरपालिकाबाट सुकदेव लम्सालको सरुवा भएको छ ।

त्यसैगरि शुक्लागन्डकी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादेको नवलपुरको गैंडाकोट नगरपालिकाका सरुवा भएको छ । शुक्लागन्डकीमा भने चाँडै नै नयाँ प्रमुख प्रशासकीय अधिकृतको सरुवा हुने मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

प्रकाश पन्थद्वारा कांग्रेस केन्द्रीय सदस्य अपाङ्गता क्लस्टरमा उम्मेदवारी

तनहुँ । असोज २० नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश पन्थले नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले