तनहुँ । भदौ ३
नेपाली महिलाहरुको महानपर्व हरितालिका तीजको अवसरमा न्यु भिजन युथ क्वल म्याग्दे गाउँपालिका–२ जामुनेको आयोजनामा भाद्र १० र ११ गते जामुने बजारमा खुल्ला तीज गीत प्रतियोगिता हुने भएको छ । न्यु भिजन युथ क्लव साउदी परिवारको सह–आयोजनामा उक्त प्रतियोगिता आयोजना गरिएको क्लवले जनाएको छ ।



क्वलले तीजको अवसरमा हरेक वर्ष खुल्ला तीज गीत प्रतियोगिता आयोजना गर्दै आईरहेको छ । यस पटकको प्रतियोगिता १३ औं सस्करणको रहेको क्वलका अध्यक्ष सन्तोष श्रेष्ठले बताए । प्रतियोगितामा सहभागित हुनकोलागि १ हजार रुपैयाँ दर्ता शुल्क तोकिएको र गित तर्फ प्रथम, द्वित्तिय र तृतिय हुने टिमलाई क्रमशः २५ हजार ५२५, १५ हजार ५२५ र ९ हजार ९९९ रुपैयाँ नगद र प्रमाणपत्र प्रदान गरिने अध्यक्ष श्रेष्ठले बताए ।

त्यस्तै नृत्य तर्फ प्रथम, द्वित्तिय र तृतिय हुने टिमलाई क्रमशः ८ हजार ८८८, ६ हजार ६६६ र ४ हजार ४४४ रुपैयाँ नगद र प्रमाणपत्र प्रदान गरिने अध्यक्ष श्रेष्ठले बताए ।
उक्त प्रतियोगितामा गायीका सुष्मा मल्ल ठकुरी, गायक विष्णु बराल, गायीका नविना सुवेदी र गायीका सुभद्रा श्रेष्ठको विशेष प्रस्तुती हुने क्लवले जनाएको छ । सो प्रतियोगिताको म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले उद्घाटन गर्नेछन् ।












