तनहुँ । भदौ ५
म्याग्दे गाउँपालिकाले आयोजना गरेको गाउँपालिका स्तरीय तीज गीत प्रतियोगिता बुधबार सम्पन्न भएको छ । ‘आत्मनिर्भर समृद्ध म्याग्देको आधारः मानव विकास कृषि पर्यटन र पूर्वधार’ नारालाई मुल विषयवस्तुमा आयोजना गरेको उक्त तीज गीत प्रतियोगितामा जम्मा १७ टिमको सहभागिता रहेको थियो ।



सो प्रतियोगितामा म्याग्दे २ को भिमसेन आमा समुह प्रथम, वडा नम्बर ७ को जनचेतना आमा समुह द्वित्तिय, वडा नम्बर ७ कै बेदकाली कृषक समृह तृतिय तथा वडा नम्बर ४ को बिजुली आमा समुह सान्त्वना हुन सफल भएको छ ।
प्रतियोगितामा प्रथम, द्वित्तिय, तृतिय र सान्त्वना हुन सफल समुहलाई क्रमशः १८ हजार, १५ हजार, १२ हजार र ७ हजार नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।
गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमा उपाध्यक्ष बालकृष्ण घिमिरे, निवर्तमान अध्यक्ष माया राना, प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारी, जिल्ला समन्व्य समितिका सदस्य डोलराज सुनार लगायतले मन्तव्य राखेका थिए ।













