नेपाल महिला संघ देवघाटको तीज शुभकामना कार्यक्रम सम्पन्न

Devghat Online

शेयर गरौ

विष्णु मगर । देवघाट, भदौ ५

नेपाल महिला संघ देवघाट गाउँ कार्य समितिले हरितालिका तिजको अवसरमा शुभकामना आदानप्रदान तथा दर खाने कार्यक्रम विहिबार आयोजना ग¥यो ।

उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथ नेपाली काँग्रेस महासमिति सदस्य एवम् गण्डकी प्रदेश सदस्य माया रानाले देवघाटबासी देवता बराबर रहेको र यहाँको मानिसहरु धेरै असल रहेको बताइन् । उनले तिज पर्वमा पछिल्लो समयमा विकृति फैलिदै गएको हुँदा यसलाई रोक्न राजनीतिक दलका महिला संस्थाहरु लाग्नुपर्ने बताइन् ।

सो कार्यक्रममा प्रदेश सभाका पुर्व सांसद सरिता गुरुङले तिजको कार्यक्रममा भाषणमा गीत संगीतमा रमाउनुपर्ने बताइन् । तीजको कार्यक्रमले एकअर्का बिचको सम्बन्ध पनि जोड्ने गुरुङले बताइन् ।

नेपाल महिला संघ देवघाट गाउँ कार्य समितिकी सभापती इन्द्रा थापाको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाल महिला संघ तनहुँकी सभापती पवित्रा पौडेल, भुमी समस्या समाधान आयोग तनहुँकी सदस्य आशा थापा, नेपाली काँग्रेसका जिल्ला सदस्यहरु सिर्जना तिवारी, इनकन खनाल, भानु नगरपालिकाकी उपप्रमुख उमा गोतामे, ऋषिङ गाउँपालिकाकी उपाध्यक्ष गिनुमाया थापा, देवघाट गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष टेकबहादुर आले, वडा नम्बर ५ का अध्यक्ष पुर्णबहादुर कुँवर, नेपाली काँग्रेसका क्षेत्रीय प्रतिनिधि विष्णु प्रसाद सापकोटा, कल्पना पोख्रेल, नेपाली काँग्रेस देवघाटका पुर्व सभापती प्रेमबहादुर गुरुङ, देवघाट महिला सन्जालकी अध्यक्ष राधा खनाल, नेपाल महिला संघ क्षेत्रीय प्रतिनिधि बृन्दा रानभाट लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

सो कार्यक्रमको सन्चालन नेपाल महिला संघ देवघाट गाउँ कार्य समितिकी सचिव हरि माया शिवाकोटीले गरेकी थिइन् भने स्वागत मन्तव्य उपाध्यक्ष देवकी खड्का मगरले राखेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल

राष्ट्रिय परिचयपत्र वितरण सहज बनाउन प्रजिअ तिवारीलाई रास्वपा तनहुँको ध्यानाकर्षण

तनहुँ । साउन २१ राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय तनहुँमा बिहानैदेखि लाग्ने सर्वसाधारणको अनियन्त्रित

भिमादमा एआई प्रविधिसहितको छाती एक्स–रे शिविर सम्पन्न, २४ जनामा क्षयरोगको लक्षण

तनहुँ । साउन २१ तनहुँको भिमाद नगरपालिकामा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा आधारित छातीको एक्स–रे परीक्षण