संघीय मामिला तथा समान्य प्रशासन मन्त्री न्यौपाने र सचिव विच कार्यसम्पादन सम्झौता

Devghat Online

शेयर गरौ

काठमाडौं । भदौ ५

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा विहिवार एक महत्वपूर्ण कार्यसम्पादन सम्झौता सम्पन्न भएको छ । मन्त्रालयका तर्फबाट मन्त्री भगवती न्यौपाने र सचिव रविलाल पन्थबीच भएको सो सम्झौताले प्रशासनिक सेवालाई अझ प्रभावकारी, पारदर्शी र जनउत्तरदायी बनाउन ऐतिहासिक कदम चाल्ने अनुभूति गरिएको छ ।

सम्झौता कार्यक्रममा बोल्दै मन्त्री न्यौपानेले नीतिगत सुधार मात्र पर्याप्त नहुने उल्लेख गर्दै सो सुधारको प्रत्यक्ष प्रभाव नागरिकले तल्लो तहसम्म अनुभूत गर्न पाउनु जरुरी रहेको जोड दिनुभयो । उहाँले भन्नुभयो ‘जनताको सन्तुष्टि नै वास्तविक मूल्याङ्कनको आधार हो, त्यसैले सेवा प्रवाह परिणाममुखी हुनुपर्छ ।’ मन्त्री न्यौपानेले सम्पूर्ण संरचनालाई नागरिक–केन्द्रित दृष्टिकोणमा अघि बढ्न निर्देशन दिनुभयो ।

मन्त्री न्यौपानेले मन्त्रालयले अघि सारेका सुधारात्मक नीति तथा कार्यक्रमलाई द्रुत कार्यान्वयन गरेर नागरिकलाई सहज, सुलभ र गुणस्तरीय सेवा दिन सम्बन्धित निकायलाई आह्वान गर्नुभयो । उहाँका अनुसार, अबको प्राथमिकता शक्तिशाली प्रशासनिक संरचना, विवादरहित सरुवा प्रणाली र सेवाग्राहीमैत्री सेवा प्रवाह हुनेछ ।

सम्झौता पत्रमा हस्ताक्षर गर्दै सचिव पन्थले मन्त्री न्यौपानेले औंल्याएका चुनौती र प्राथमिकतालाई सम्बोधन गर्न ठोस कार्ययोजना तयार गरी मन्त्रालयले थप जिम्मेवारीपूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सचिव पन्थले यस सम्झौताले सम्पूर्ण प्रशासनिक निकायमा परिणाममुखी काम गर्ने नयाँ संस्कार स्थापित गर्ने बनाउनु भयो । उक्त अवसरमा मन्त्रालयका सहसचिवहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

त्रिशुली किनारमा बालुवा मुनी भेटिएको बस गणपती डिलक्सको भएको पुष्टि

तनहुँ । पुस २९ आबुँखैरेनी गाउँपालिका–५ दुन्द्राङवेशी स्थित त्रिशुली नदीको किनारमा बालुवाले पुरिएको अवस्थामा भेटिएको

खाल्टेमा माघे सक्रान्तिमा बृहत् सास्कृृतिक कार्यक्रम तथा भलिवल प्रतियोगिता हुने

विष्णु मगर । देवघाट, पुस २८ माघे सक्रान्ति पर्वको अवसरमा देवघाट गाउँपालिका–२ खाल्टेमा बृहत सांस्कृतिक