तनहुँ । भदौ ७
सहिद मनोज–झपेन्द्र–सुरेन्द्र स्मृति दिवस–२०८२ को सन्दर्भमा नेपाल निजामती कर्मचारी संगठन, केन्द्रीय कार्य समितिद्वारा आयोजित “सहिद स्मृति मूल समारोह” बाट गण्डकी प्रदेश अन्तर्गत तनहुँ जिल्ला कार्य समिति उत्कृष्ट कार्य समिति घोषणा भएको छ ।



यसै अवसरमा नेपाल निजामती कर्मचारी संगठन केन्द्रीय कार्य समितिको आयोजनामा भदौ ६ गते शुक्रबार सम्पन्न नेपाली महिलाहरुको महान पर्व हरितालिका तिज-२०८२ को शुभकामना आदान–प्रदान तथा सम्मान कार्यक्रममा तनहुँ जिल्ला कार्य समितिका अध्यक्ष भगवान त्रिपाठीलाई “उत्कृष्ट कार्य समितिको सम्मानपत्र” संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले सम्मानपत्र प्रदान गरिन् ।

कार्यक्रममा तनहुँ जिल्ला कार्य समितिको संगठनात्मक सुदृढता, सक्रियता र सहिद स्मृति दिवसलाई सार्थक बनाउन पुर्याएको योगदानलाई उच्च मूल्याङ्कन गर्दै जिल्लालाई गण्डकी प्रदेशकै आदर्श र अनुकरणीय कार्यसमिति घोषित गरेको छ।












