बन्दीपुर केवलकारको आईपिओ सर्वसाधरणकोलागि खुला

Devghat Online

शेयर गरौ

तनहुँ । भदौ ११

बन्दीपुर केबुलकार एण्ड टुरिजम लिमिटेडले बुधबारदेखी आम सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ ।
कम्पनीको जारी पूँजी २ अर्ब ८३ करोडमध्ये २०.७० प्रतिशत अर्थात् ५८ लाख ६० हजार कित्ता शेयर सर्वसाधारण समूहमा छुट्याइएको हो । आयोजना प्रभावित, वैदेशिक रोजगारमा रहेका, कर्मचारी तथा सामूहिक लगानी कोषलाई छुट्याएपछि बाँकी ४३ लाख ४१ हजार ८० कित्ता शेयर आम लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।

नेपाल एसबीआई मर्चेन्ट बैंकिङका अनुसार, भदौ १५ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन पाउने व्यवस्था गरिएको छ । आवेदन मेरोसेयर अनलाइन प्रणाली वा सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्थामार्फत गर्न सकिनेछ ।

कम्पनीको मुख्य व्यवसाय केबुलकार तथा होटल सेवा रहेको छ । बन्दीपुरमा रहेको केबुलकार गत वर्ष जेठ ३१ गतेदेखि सञ्चालनमा आएको हो भने होटल क्वीन टावर आगामी मंसिरदेखि सञ्चालनमा आउने अनुमान गरिएको छ । साथै, कम्पनीले ड्राइभ–इन रेस्टुरेन्ट, मनोरञ्जनात्मक बगैँचा, जिप–लाइन र स्काई–साइक्लिङ सेवा पनि सञ्चालनमा ल्याएको छ ।

केयर रेटिङ नेपालले कम्पनीलाई ‘बीबी’ रेटिङ प्रदान गरेको छ, जसले कम्पनीको दायित्व वहन क्षमतालाई मध्यम स्तरमा रहेको देखाउँछ । कम्पनीको दर्ता कार्यालय काठमाडौंको कालीमाटीमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बाढीपीडितकालागि आदिकवि क्याम्पसद्वारा १ लाख ३५ हजार भन्दा बढी प्रधानमन्त्री राहत कोषमा जम्मा

तनहुँ । भदौ १८ गत भदौ १० गते रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको महाविनाशकारी बाढीका

ट्याक्सीमा लुकाइ ल्याएको १७ किलोभन्दा बढी गाँजासहित ४ जना पक्राउ

तनहुँ । भदौ १८ बन्दीपुर गाउँपालिका–४, ठुलोढुङ्गामा मुग्लिनबाट दमौलीतर्फ आउँदै गरेको ट्याक्सीलाई जाँच गर्ने क्रममा

व्यास–पराशर क्षेत्रलाई सांस्कृतिक रूपमा जोड्न ‘कृष्ण कृष्ण’ भजन सार्वजानिक

तनहुँ । भदौ १७ तनहुँको धार्मिक, ऐतिहासिक तथा प्राकृतिक पहिचान बोकेको व्यास–पराशर क्षेत्रलाई सांस्कृतिक रूपमा

घर–घरमा पुगेर विद्यार्थीको सिकाई अवस्था बुझ्दै बेनीमित्र विद्यालयका शिक्षक

तनहुँ । भदौ १७ व्यास नगरपालिका–१३, बेनीकोटस्थित बेनीमित्र आधारभूत विद्यालयले विद्यार्थीको शैक्षिक अवस्था, घरको सिकाइ