तनहुँ । भदौ २६
नेकपा एमाले तनहुँले गणतन्त्र र संविधानपक्षधर शक्तिहरु एकताबद्ध हुन आह्वान गरेको छ । एमाले तनहुँका अध्यक्ष हरिराज कडेलले विहिबार विज्ञप्ति प्रकाशित गरि देशको यस विसम परिस्थितिमा देशमा रहेका सम्पूर्ण लोकतान्त्रिक गणतन्त्र र संविधानवादका पक्षधर शक्तिहरु एकतावद्ध भई भई राष्ट्रिय स्वाधिनता र सार्वभौसत्ताको रक्षाका लागि अगाडी बढ्नका लागि आह्वान गरेका छन् ।



मुलुकमा उत्पन्न असामान्य परिस्थितिबाट नेकपा (एमाले) तनहुँ गम्भिर र संवेदनशील बनेको भन्दै अध्यक्ष कडेंलले विकसित घटनाक्रम र निकासका सम्बन्धमा पार्टीको दृष्टिकोण प्रस्तुत गरेका छन् ।

सामाजिक सञ्जालको निर्वाध सञ्चालन, भ्रष्टाचार र नातावादको विरोध, सुशासन लगायत विभिन्न माग राखेर जेन जी युवाहरूले गरेको भदौ २३ गतेको प्रदर्शनका क्रममा भएको जनधनको क्षतिबाट नेकपा (एमाले) तनहुँ स्तब्ध भएको अध्यक्ष कडेंलले जनाएका छन् । उक्त घटनामा परी जीवन गुमाउनु हुने सबै युवाहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै ठुलो सङ्ख्यामा रहनुभएका घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै आफन्तको वियोगको पीडामा रहनुभएका परिवारजनमा गहिरो समवेदना व्यक्त गरिएको छ । उक्त दुखदायी घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कानुनबमोजिम कार्बाही गर्न पनि एमाले तनहुँले माग गरेको छ ।
उक्त घटना लगत्तै भदौ २४ गते देशव्यापी रूपमा आगजनी, तोडफोड, हिंसा र लुटपाटको त्रासदीपूर्ण दृश्य देखा परेको र सदरमुकाम दमौली स्थित नेकपा (एमाले), नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र तनहुँका पार्टी कार्यालयहरु जिल्ला स्थित जिल्ला प्रशासन कार्यालय, जिल्ला अदालत, जिल्ला समन्वय, व्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका कार्यालय, मालपोत कार्यालय, आन्तरीक राजस्व कार्यलय लगायत जिल्लाका अधिकांस सरकारी कार्यालयमा तोडफोट तथा आगजनी र सरकारी कार्यालयका सवारी साधनहरुमा ठूलो क्षति पु¥याईएको तथा जिल्ला कारागार दमौलीबाट सम्पूर्ण कैदी बन्दीहरु निस्किएको घटना प्रति एमाले तनहुँले गहिरो दुःख व्यक्त गरेको छ ।












