उचित पारिश्रामिक माग गर्दै दमौली अस्पतालका नर्सहरु आन्दोलित

Devghat Online

शेयर गरौ

तनहुँ । कार्तिक १२

उचित पारिश्रामिक माग गर्दै नीजि अस्पतालका नर्सहरुले सुरु गरेको आन्दोलनमा सरकारी अस्पतालका नर्सहरुले पनि ऐक्यबद्धता जनाएका छन् । प्रदेश अस्पताल दमौलीका नर्सहरुले पनि उक्त आन्दोलनमा ऐक्यबद्धता जनाएका छन् । प्रदेश अस्पताल दमौलीका नर्सहरुले बुधबार अस्पताल परिसरमा धर्ना दिए ।

सरकारी सरह सेवा सुविधा बढाउनुपर्ने माग राख्दै चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेजबाट सुरु भएको नर्स आन्दोलन अहिले देशव्यापी बनेको छ । नर्सहरुको आन्दोलन मुख्यतया निजी स्वास्थ्य संस्थामा कार्यरत नर्सहरुको श्रम शोषण विरुद्ध केन्द्रित रहेको छ । निजी अस्पताल तथा शिक्षण संस्थाहरुमा कार्यरत नर्सहरुको न्यूनतम पारिश्रमिक र सेवा सुविधा सरकारी सरह हुनुपर्ने नर्सहरुको माग रहेको छ ।

सरकारले नर्सहरुको न्यूनतम तलब पाँचौं तह अनुसार ३४ हजार ७३० रुपैयाँ तोकेको भए तापनि धेरै निजी संस्थाहरुले अत्यन्तै न्यून पारिश्रमिकमा काम लगाइरहेको छ । गत कात्तिक २ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल नर्सिङ संघले पेश गरेको माग पूरा गर्ने सम्बन्धमा कार्यदल बनाएको थियो ।

श्रमिकको रुपमा हेरिएको दक्ष नर्सिङ जनशक्तिलाई स्वास्थ्य ऐन अन्तर्गत व्यवस्थापन गरिनुपर्ने, रात्रिकालीन वा सार्वजनिक वा चाडपर्व बिदाको दिनमा काम गरेबापत सरकारी, निजी तथा शिक्षण अस्पतालमा अतिरिक्त तथा जोखिम भत्ताको व्यवस्था गरिनुपर्ने, योग्यता र अनुभवको आधारमा स्तरवृद्धि तथा बढुवाको व्यवस्था हुनुपर्ने, ग्रेडको व्यवस्था हुनुपर्ने, औद्योगिक नर्सको व्यवस्था हुनुपर्ने लगायतका १५ बुँदे मागसहित आन्दोलनको कार्यक्रम सुरु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

पराजित उम्मेदवारहरुले दिए बिजयीहरुलाई बधाई र मतदातालाई धन्यवाद

तनहुँ । फागुन २३ तनहुँको दुबै निर्वाचन क्षेत्रमा पराजित भएका उम्मेदवारहरुले बिजयी सांसदहरुलाई बधाई दिएका

प्रतिनिधि सभा सदस्य निर्वाचनको परिणामः तनहुँका दुबै क्षेत्रमा रास्वपाको सानदार जित

तनहुँ । फागुन २३ प्रतिनिधि सभा सदस्यको निर्वाचन अन्तर्गत तनहुँको दुबै निर्वाचन क्षेत्रको मतगणना सकिएको