काठमाडौं । कार्तिक १६
माओवादी केन्द्रसित पार्टी एकताको विपक्षमा रहेका नेकपा एसका नेताहरू पनि विभाजित भएका छन् ।



पार्टी पुनर्गठन गर्ने पक्षमा रहेका झलनाथ खनाल–घनश्याम भुसाल पक्षले गौशालामा बैठक गरिरहेका छन् । तर, रामकुमारी झाँक्री, पूर्वसांसद किसान श्रेष्ठ, अम्बरबहादुर थापा, डा. वंशीधर मिश्रसहित होमबहादुर बुढाथोकी, पिताम्बर तिमिल्सिना, अर्जुन राईहरु एमाले फर्किने पक्षका नेता–कार्यकर्तालाई एकीकृत गरिरहेका छन् ।
नेपाल प्रेसले सम्पर्क गर्दा पूर्वसांसद किसान श्रेष्ठले एमालेसँग वार्ता र सहमति पक्षधर एक ठाउँमा रहेको पुष्टि गरे । ‘कसैले हाम्रो टाउको गन्ती नगरे हुन्छ, हामी कसैका पछि लागेका छैनौं, अब एमालेमा फर्किने हो’, उनले भने ।












