देवघाटमा पायल्स रोग सम्बन्धी स्वास्थ्य परिक्षण सम्पन्न

Devghat Online

शेयर गरौ

देवघाट । कार्तिक २४

लायन्स क्लब अफ देवघाट तथा लायन्स क्लब अफ नारायणगढ चित्रवनको संयुक्त आयोजना तथा हिमालय आयुर्वेदिक क्लिनिक नारायणगढको प्राविधिक सहयोगमा सोमबार देवघाट धर्मार्थ अस्पतालमा पायल्स रोग सम्बन्धी स्वास्थ्य परिक्षण सम्पन्न भएको छ ।

लायन्स क्लब अफ देवघाटका अध्यक्ष आत्माराम पाण्डेको अध्यक्षतामा भएको सो स्वास्थ्य शिविरको देवघाट गाउँपालिकाका अध्यक्ष तिल बहादुर थापाले उद्घाटन गरे । सो कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष भुवन सिं गुरुङ, लायन्स क्लब अफ देवघाट एवं लायन्स क्लब अफ नारायणगढका पदाधिकारीहरु, लियो क्लब देवघाटका पदाधिकारी लगायत अन्य संघ संस्थाका पदाधिकारी तथा प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

उक्त शिविरमा डा.अशोक कुमार महतोको नेतृत्वमा ८ सदस्यीय चिकित्सक टोलीद्वारा बिरामीहरुको निशुल्क स्वास्थ्य जाँच तथा उपचार गरिएको थियो । शिविरमा ७९ जना बिरामीले स्वास्थ्य जाँच तथा उपचार गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

अपाङ्गता भएका व्यक्तिले उत्पादन गरेका सामग्री खरिद गर्न भिमाद नगरपालिकाको अपिल

तनहुँ । भदौ २ भिमाद नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूले निर्माण तथा उत्पादन गरेका सामग्रीहरूलाई प्राथमिकताका

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो