दमौलीका बालबालिकालाई स्वर्णविन्दु प्राशन खुवाईयो

Devghat Online

शेयर गरौ

तनहुँ । कार्तिक २५

प्रदेश आयुर्वेद चिकित्सायल तनहुँमा पहिलो पटक एक देखी पाँच वर्ष उमेरसम्मका बालबालिकालाई स्वर्णविन्दु प्राशन खुवाईएको छ । नेपाल सरकारको कार्यक्रम अनुसार पहिलो पटक आयुर्वेद स्वास्थ्य केन्द्रमा बालबालिकालाई स्वर्णविन्दु प्राशन खुवाईएको प्रदेश आयुर्वेद चिकित्सालय तनहुँका प्रमुख डा.नारायण श्रेष्ठले बताए ।

सरकारले यस वर्षदेखी एक वर्ष देखी पाँच वर्ष उमेर सम्मका बालबालिकालाई स्वर्णविन्दु प्राशन खुवाउने कार्यक्रम सन्चालन गरेको हो । उक्त कार्यक्रम पहिलो पटक २५ जिल्लामा लागु गरिएको छ । स्वर्णभष्म, घिउ र महको मात्रा मिलाएर स्वर्णविन्दु प्राशन तयार गरिएको हो । उक्त स्वर्णविन्दु प्राशन आयुर्वेद चिकित्सकको प्रतक्ष्य निगरानीमा खुवाईएको हो ।

एक वर्षदेखी दुई वर्षसम्मका बालबालिकालाई दुई थोपा र दुई देखी पाँच वर्षसम्मका बालबालिकालाई चार थोपा खुवाईएको आयुर्वेद चिकित्सक डा.किरण पौडेलले बताए । यो मात्रा नेपाल सरकारको कार्यविधि अनुसार नै खुवाईएको उनले बताए ।

स्वर्णविन्दु प्राशनले बालबालिकाको उमेर अनुसारका तौल बढ्ने र उचाई बढ्ने, बौद्धिक क्षमताको बृद्धि, रोगप्रतिरोधात्मक क्षमताको बृद्धि लगायतका फाईदा हुने पौडेलले बताए । तर ज्वरो, झाडापखला, अजिर्ण, आउँ, रुघाखोकी तथा एलर्जी भएका बालबालिकालाई भने यो स्वर्णविन्दु प्राशन नखुवाईने पौडेलले बताए ।

प्हिलो पटक तनहुँमा बालबालिकालाई स्वर्णविन्दु प्राशन खुवाउने कार्यक्रम भएपछि बिहानै देखी आयुर्वेद चिकित्सालयमा भिड लागेको थियो । उक्त कार्यक्रमको गन्डकी प्रदेश सभाका सदस्य अशोककुमार श्रेष्ठले उद्घाटन गरेका थिए ।

प्रत्येक महिना पुष्य नक्षत्रमा खुवाईने उक्त स्वर्णविन्दु प्राशन अव मंसिर २२, पुस २१, माघ १८, फागुन १६, चैत १४, बैशाख १० जेठ ६ र असार ३ गते खुवाईने छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चुनावी प्रतिबद्धता स्मरण गराउँदै फिरफिरेका युवाद्वारा सांसद न्यौपानेलाई बुझाए ध्यानाकर्षण पत्र

तनहुँ । साउन १७ शुक्लागण्डकी नगरपालिका–१२, फिरफिरेका युवाहरूले तनहुँ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य

एसएलसी परीक्षामा नेपाल प्रथम हुने महेश संस्कृत गुरुकुलका रिमाल र आचार्यलाई ‘विनाजा पुरस्कार’

देवघाट । साउन १७ राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालित वि.सं.२०८२ को कक्षा १२ को माध्यमिक शिक्षा

सुनसरी र सिराहा घटनाका मृतक र निम्सदाइ सहित पर्वतारोहीको स्मृतिमा देवघाटमा दीप प्रज्वलन एवं श्रद्धाञ्जली सभा

सफल शर्मा । देवघाट, साउन १७ हालै सुनसरी र सिराहामा भएको घटनामा ज्यान गुमाएका मृतक