प्रतिगमन विरुद्ध एमाले सडकमाः तनहुँका १० वटै पालिकामा विरोध प्रर्दशन (तश्विरहरु सहित)

Devghat Online

शेयर गरौ

तनहुँ । कार्तिक २५

प्रतिगमन विरुद्ध नेकपा एमालेले मंगलबार देशभरका पालिकाहरुमा जनसभा आयोजना गरेको छ । केन्द्रीय कमिटीको निर्णय अनुसार एमालेले देशभरका पालिकाहरुमा जन प्रदर्शन गरेको हो । प्रतिगमन विरुद्ध जागरण अभियान तथा सचेतना कार्यक्रम अन्तर्गत एमाले तनहुँले जिल्लाका १० वटै पालिकामा विरोध प्रर्दशन आयोजना ग¥यो ।

एमालेले वर्तमान असंबैधानिक सरकारको विस्थापन, प्रतिनिधि सभाको पुनस्थापना तथा भदौ २३ र २४ गतेको अपराधिक घटनाको निष्पक्ष छानबिनको माग गर्र्दै विरोध प्रर्दशन गरेको हो । विरोध प्रर्दशनमा एमाले कार्यकर्ताहरुले हत्या, हिंसा, आतंक बन्द गर्न, भ्रष्टाचारीलाई कारबाही गर्न, शान्ति सुरक्षाको प्रत्याभूति गर्न, सामाजिक सद्भाव कायम गरौं, संविधानको रक्षा गर्न, कानुनी राज्यको प्रत्याभूति गर, प्रतिनिधि सभा पुनः स्थापना गर्न, भदौ २३ र २४ को अपराधिक घटनामा संलग्नहरुलाई कारवाही गर्न माग गर्दै नाराबाजी गरेका थिए ।

दमौलीमा आयोजित कार्यक्रममा केन्द्रीय सदस्य तथा निवर्तमान मन्त्री भगवती न्यौपानेले जेन जीको नाममा अपराधिक तत्वहरुले देश विरुद्ध षड्यन्त्र गरेको बताइन् । त्यस्तै पालिकाहरुमा आयोजित कार्यक्रममा एमाले नेताहरुले प्रतिनिधि सभाको पुनस्थापना गर्नुको विकल्प नभएकोमा जोड दिएका थिए ।

एमालेका अनुसार देवघाटमा केन्द्रीय सल्लाहाकार प्रतापलाल श्रेष्ठ र प्रदेश कमिटि सदस्य प्रेम राना, आबुँखैरेनीमा प्रदेश कमिटि सदस्य रामबहादुर गुरुङ र ऋषी केसी, बन्दीपुरमा केन्द्रीय सल्लाहाकार एकबहादुर राना र प्रदेश कमिटि सदस्य देवु विष्ट, भानुमा केन्द्रीय सदस्य सविता रसाईली, जिल्ला अध्यक्ष हरिराज कडेंल र प्रदेश कमिटि सदस्य बाबुराम सुनार, व्यासमा केन्द्रीय सदस्य भगवती न्यौपाने, केन्द्रीय सल्लाहाकार नरेन्द्रराज वाग्ले, प्रदेश कमिटि सदस्य मनुमाया श्रेष्ठ र जिल्ला सचिव प्रदिपराज अधिकारी लगायतले मन्तव्य राखेका थिए ।

यसैगरि म्याग्देमा केन्द्रीय सल्लाहाकार दधिराज सुवेदी, प्रदेश कमिटि सदस्य रत्ना घिमिरे र जिल्ला कमिटि उपसचिव सुनिता नेपाली, शुक्लागन्डकीमा प्रदेश कमिटि सदस्यद्वय श्रीप्रसाद श्रेष्ठ र कमल ढकाल तथा जिल्ला कमिटि उपसचिव खिम कुमाल, पुर्व सभासद हसिना मियाँ, भिमादमा केन्द्रीय सदस्य केदार सिग्देल, प्रदेश कमिटिका पुर्व उपसचिव रश्मी अचार्य, ऋषिङमा केन्द्रीय सल्लाहाकार शेषमणी आचार्य, प्रदेश कमिटि सदस्य होमबहादुर थापा र जिल्ला कमिटि उपाध्यक्ष राजेश्वर ढकाल र घिरिङमा पोलिट्व्युरो सदस्य टुकराज सिग्देल, प्रदेश कमिटि सदस्य श्यामराजा महत, विष्णुभक्त सिग्देल लगायत जिल्ला स्तरीय नेताहरुले पनि सम्बोधन गरेका थिए ।

मंगलबारको कार्यक्रममा जिल्लाभर करिब १५ सय कार्यकर्ता परिचालित भएको एमाले जिल्ला सचिव प्रदिपराज अधिकारीले बताए । यसैगरि प्रतिगमन विरुद्ध एमालेले कार्तिक २९ गते शनिबार दमौलीमा बृहत जनसभा गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

नेपाल संस्कृत विश्व विद्यालयको कार्यकारी परिषदमा सुवेदी र प्राज्ञिक सभामा सच्चिदानन्द सरस्वती

देवघाट । बैशाख २ नेपाल संस्कृत विश्व विद्यालयले विश्वविद्यालयको कार्यकारी परिषद् सदस्यमा प्रा.डा.गुरुप्रसाद सुवेदलाई र