सडक विभागका महानिर्देशकलाई जन्मगाउँमा सम्मान

Devghat Online

शेयर गरौ

तनहुँ । कार्तिक २९

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक विभागका महानिर्देशक डा.बिजय जैसी (हडखले) लाई जन्मगाउँमा सम्मान गरिएको छ । भानु नपा–६ का जैसीलाई शुक्रबार भानु नगरपालिका वडा नम्बर ५ र ६ का नागरिक समाज तथा आदर्श सरस्वती माबिले सम्मान गरेको छ ।

नावरुङमा आयोजित कार्यक्रममा वडा नम्बर ५ ६ का नागरिकका अध्यक्ष अध्यक्ष अर्जुनबहादुर शाहीले महानिर्देशक जैसीलाई सम्मान गरेका थिए । साथै विद्यालयले पनि जैसीलाई सम्मान गरेको थियो । सो अवसरमा बोल्दै महानिर्देशक जैसीले जन्मगाउँमा पाएको सम्मानबाट आफु प्रभावित भएको भन्दै जन्मस्थानको विकासमा कुनै कसर नराख्ने बताए ।

उक्त कार्यक्रमको सन्चालन मानबहादुर भण्डारीले गरेका थिए । सो कार्यक्रममा मुग्लिन–पोखरा सडक आयोजना पुर्वी खण्डका आयोजना प्रमुख प्रकाश भण्डारी, सडक डिभिजन कार्यालय तनहुँका प्रमुख राजिव श्रेष्ठ लगायत तथा स्थानीयबासीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बाढी पीडितको सम्झना र घाइतेको स्वास्थ्य लाभको कामना गर्दै देवघाटमा सामूहिक गीतापाठ गरिने

देवघाट । भदौ २१ भोटेकोसी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण, बेपत्ता

देवघाट कलेजको विकास र भावी योजनाबारे बृहत् छलफल, साझा सम्पत्तिका रूपमा अघि बढाउन जोड

देवघाट । भदौ २१ देवघाटमा उच्च शिक्षाको अवसर सुनिश्चित गर्ने उद्देश्यले स्थापित देवघाट सामुदायिक कलेजको