देवघाट कलेज शुभारम्भ, आइतबारबाट पढाई सुरु

Devghat Online

शेयर गरौ

विष्णु मगर । देवघाट, मंसिर ७

देवघाट गाउँपालिका–५ मा स्थापित देवघाट गाउँपालिकाकै पहिलो सामुदायिक कलेज देवघाट कलेज शुभारम्भ भएको छ । देवघाट कलेजमा आइतबारबाट पढाई सन्चालन भएको छ । देवघाट कलेजमा आइतबारबाट नियमित पढाई सुरु भएको कलेज सन्चालक समितिका अध्यक्ष डा.सुरेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए ।

देवघाट कलेजको नियमित पढाईको देवघाट गाउँपालिकाका अध्यक्ष तिबहादुर थापाले शुभारम्भ गरेका थिए । कलेजमा स्नातक तहमा व्यवस्थापन विषयमा पढाई सुरु भएको छ । आइतबार पहिलो दिन आठ जना विद्यार्थीहरु आएका थिए । देवघाट कलेजमा अध्ययन गर्न करिब ४० जना विद्यार्थीहरुले नाम दर्ता गरेको सन्चालक समितिका अध्यक्ष डा.श्रेष्ठले बताए ।

कलेज सन्चालन समितिको दिनरातको मेहनेत र स्थानीय बासिन्दाको आर्थिक सहयोगमा कलेज सन्चालन हुन सक्षम भएको अध्यक्ष श्रेष्ठले बताए । ‘दिन रात गरेको मेहेनत अब पूरा भयो’ अध्यक्ष श्रेष्ठले खुसि व्यक्त गर्दै भने ‘अबको समयमा कोही पनि व्यक्ति आर्थिक अभावको कारणले शिक्षाबाट वञ्चित हुन हुँदैन ।’ कक्षा १२ सम्म जुनसुकै विषय लिएर पढेपनि स्नातकमा व्यवस्थापन विषय पढ्न पाइने अध्यक्ष श्रेष्ठले बताए ।

पढाई शुभारम्भ कार्यक्रममा देवघाट गाउँपालिकाका अध्यक्ष थापाले देवघाट कलेजको लागि आगामी दिनमा गाउँपालिकाले बजेट छुट्याउने बताए । उक्त अवसरमा देवघाट कलेज व्यवस्थापन समितिका उपाध्यक्ष केशवचन्द्र न्यौपाने, देवघाट कलेजका प्रिन्सिपल शरदचन्द्र खनाल लगायतले विद्यार्थीहरुलाई शुभकामना दिए थिए ।

देवघाट कलेज त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन विषयमा अध्यापनकोलागि सम्बन्धन प्राप्त गरेको देवघाट गाउँपालिकाकै एकमात्र सामुदायिक कलेज हो । कलेजमा बिहानीसत्रमा शान्त वातावरणमा पढाई हुने, दक्ष, अनुभवी तथा लगनशिल प्राध्यापकहरु संलग्न भएको, नेपालका टप भिजिटिङ प्रोफेसरबाट गेष्ट लेक्चर हुने, पढ्दै कमाउँदै कार्यक्रम अन्तर्गत सिप सिकाइने तथा जुनसुकै विषयमा कक्षा १२ उत्तिर्ण गरेका विद्यार्थीले पनि उक्त कलेजमा विविएस प्रथम वर्षमा भर्ना हुन पाइने कलेजका अध्यक्ष डा.श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता