गरिमा विकास बैंक डुम्रे शाखाद्वारा सामाजिक उत्तरदायित्वअन्तर्गत बालगृहमा न्यानो ब्ल्याङ्केट वितरण

Devghat Online

शेयर गरौ

तनहुँ । मंसिर ७

गरिमा विकास बैंक लिमिटेडले आफ्नो १९औँ वार्षिक उत्सवको अवसरमा देशभर १९ स्थानमा विविध सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न गरेको छ। बैंकले आइतबार देशभर बृहत सामाजिक कार्यक्रम आयोजना गर्दै उत्तरदायित्वमूलक कार्यक्रमहरू सम्पन्न गरेको हो ।

बैंकको डुम्रे, शाखाले आबुखैरेनी गाउँपालिका–१ बरादी स्थित एभरेस्ट लर्निङ एकेडेमी बालगृहमा रहेका १३ जना अनाथ बालबालिकालाई न्यानो ब्ल्याङ्केट वितरण गरेको छ। कार्यक्रममा गरिमा विकास बैंक नारायणगढ क्षेत्रीय प्रमुख कुमार गुरुङ र डुम्रे शाखा प्रबन्धक बुद्धि सागर ढकालले बैंकका गतिविधि तथा सामाजिक उत्तरदायित्वबारे आफ्ना धारणा व्यक्त गरेका थिए। सो क्रममा बालगृह व्यवस्थापक जमुना देवी पोखरेलले स्वागत मन्तव्य दिँदै संस्थाका सचिव बाबुराम भट्टले बैंकको टोलीप्रति आभार तथा कृतज्ञता प्रकट गरेका थिए।

 

यस्तै बैंकले देशका विभिन्न आठ स्थानमा आयोजना गरेको बृहत रक्तदान कार्यक्रममार्फत कुल ६०२ युनिट रगत संकलन गरेको जनाएको छ। बैंकले वार्षिक उत्सवका अवसरमा बृहत रक्तदान कार्यक्रमसँगै १६ विद्यालयमा शैक्षिक सामग्री, विद्यालय पोशाक, पानी फिल्टर मेसिन लगायत आवश्यक सामग्रीहरू वितरण गरेको जनाएको छ। स्वास्थ्य जीवनशैली प्रवर्द्धनका लागि ‘खेलकुद’ भन्ने नारासहित बैंकले शनिबार ‘गरिमा रोड रेस’को दोस्रो संस्करण पनि सम्पन्न गरेको थियो, जसमा एक हजारभन्दा बढी धावकहरूको सहभागिता रहेको थियो।

गरिमा विकास बैंकले आगामी दिनहरूमा पनि यस प्रकारका संस्थागत सामाजिक उत्तरदायित्वमूलक कार्यक्रमहरूलाई निरन्तरता दिने जनाएको छ। हाल बैंकले देशभर १२६ शाखा तथा ५१ एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ भने आधुनिक डिजिटल बैंकिङ प्रविधिमार्फत सुरक्षित, सरल र गुणस्तरीय सेवा प्रवाह गर्दै ग्राहकहरूको विश्वास सुदृढ बनाउँदै अघि बढिरहेको छ। १९ वर्षे आफ्नो यात्रामा स्थायित्व, पारदर्शिता र नवप्रवर्तनलाई प्राथमिकता दिंदै बैंकले नेपालको बैंकिङ क्षेत्रमै सुदृढ उपस्थिति कायम राख्दै आएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमादमा प्रहरीको ज्यादतीः घटनामा संलग्न नै नभएका एमाले नेता विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा

तनहुँ । साउन २६ इलाका प्रहरी कार्यालय भिमादले घटनामा संलग्न नै नभएका एमालेका नेता विरुद्ध

बन्दीपुर गाउँपालिकाका बासिन्दाले मनकामना अस्पतालमा उपचार छुट पाउने

तनहुँ । साउन २६ बन्दीपुर गाउँपालिकाका नागरिकहरूले चितवनको भरतपुरस्थित मनकामना अस्पतालमा उपचार गराउँदा विशेष छुट

सात क्याम्पसहरूद्वारा ‘उच्च शिक्षा सञ्जाल, नेपाल’ गठनः संस्थागत सहकार्यका लागि सम्झौता

तनहुँ । साउन २६ देशका प्रमुख सात वटा सामुदायिक क्याम्पसहरूले आपसी संस्थागत सहकार्य र गुणस्तरीय