बन्दीपुर महोत्सवमा कृषि उपज प्रदर्शनी हुने

Devghat Online

शेयर गरौ

तनहुँ । मंसिर ७

तनहुँ उद्योग वाणिज्य संघ बन्दीपुर बजार ईकाइ समितिको आयोजनामा मिति आगामी मंसिर १० देखी २१ गते सम्म सञ्चालन हुन गईरहेको छैठौं बन्दीपुर महोत्सव २०८२ मा बन्दीपुर गाउँपालिका भित्रका सम्पुर्ण कृषकहरुलाई आफुले उत्पादन गरेको कृषि उपजहरु प्रदर्शनी तथा विक्री गरिने भएको छ ।

प्रदर्शनीमा उत्कृष्ट कृषकलाई नगद र प्रमाण पत्र सहित सम्मान गरिनेछ । कृषि उपज प्रदर्शनी तथा विक्रीका लागी कुनै शुल्क लाग्ने छैन् । त्यस्तै कृषक आफैले उत्पादन गरेको कृषि उपज मात्र प्रदर्शनीमा ल्याउन पर्ने छ अन्यथा बाहिरबाट किनेर वा मागेर ल्याईएको ठहर भएमा वा उजुरी परेमा सहभागी वाट बाहिरिनु पर्ने बन्दीपुर गाउँपालिकाले जनाएको छ ।

प्रदर्शनी मा तरकारी बाली, अन्न बाली, मसला वाली, फलफुल वाली, रैथाने बालीको परीकार, नगदे वाली, मौरी साथै रेशम पालन र च्याउ खेती सम्बन्धि प्रदर्शनीमा ल्याउन पाईनेछ । त्यस्तै तरकारी बालीको हकमा जरा, डाठ, पात र फल हुनेको हकमा फल सहित भएकोलाई प्राथमिकता दिईनेछ गाउँपालिकाले प्रकाशित गरेको सुचनामा जनाईएको छ । त्यसैगरि फलफुल बालीको हकमा हाँगा, पात र फल सहितको हुनु पर्नेछ । भने केराको हकमा भने घरी सहितको हुनु पर्नेछ ।

मह ल्याउँदा चाका सहितको लाई प्राथमिकता दिईनेछ भने एक जना कृषकले एक वाली मात्र प्रदर्शनीमा राख पाईने भएका छन् । कृषकसँग उपलब्ध भएको कृषि उपजलाई विक्री समेत गर्न पाईने गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमादमा प्रहरीको ज्यादतीः घटनामा संलग्न नै नभएका एमाले नेता विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा

तनहुँ । साउन २६ इलाका प्रहरी कार्यालय भिमादले घटनामा संलग्न नै नभएका एमालेका नेता विरुद्ध

बन्दीपुर गाउँपालिकाका बासिन्दाले मनकामना अस्पतालमा उपचार छुट पाउने

तनहुँ । साउन २६ बन्दीपुर गाउँपालिकाका नागरिकहरूले चितवनको भरतपुरस्थित मनकामना अस्पतालमा उपचार गराउँदा विशेष छुट

सात क्याम्पसहरूद्वारा ‘उच्च शिक्षा सञ्जाल, नेपाल’ गठनः संस्थागत सहकार्यका लागि सम्झौता

तनहुँ । साउन २६ देशका प्रमुख सात वटा सामुदायिक क्याम्पसहरूले आपसी संस्थागत सहकार्य र गुणस्तरीय