पन्थद्वारा विद्यार्थीलाई स्वेटर र जुत्ता वितरण

Devghat Online

शेयर गरौ

तनहुँ । मंसिर ८

व्यास नपा–१४ छाब्दीका युवा अभियन्ता अविनास पन्थले व्यास नपा–१३ स्थित गुँदी फच्याङ आधारभुत विद्यालयका विद्यार्थीलाई स्वेटर र जुत्ता वितरण गरेका छन् । साथै उनले सोही वडाको बेनीमित्र प्राविका विद्यार्थीलाई स्वेटर र जुत्ता वितरण गरेका छन् ।

पन्थले सोमबार गुँदी फच्याङ आधारभुत विद्यालयका १५ जना विद्यार्थीलाई एक/एक वटा न्यानो स्वेटर तथा सोही वडाको बेनी मित्र प्राथमिक विद्यालयका विद्यार्थीलाई स्वेटर र जुत्ता वितरण गरेका हुन् ।

युवा अभियन्ताको पहिचान बनाएका पन्थले गत तिहारमा खेलिएको देउसी–भैलोबाट संकलित रकम तथा मनकारी व्यक्तिहरुले प्रदान गरेको रकम मार्फत विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेका हुन् । पन्थले यस अघि पनि विभिन्न विद्यालयमा न्यानो कपडा र स्टेशनरी सामाग्री वितरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

तनहुँमा राष्ट्रिय आर्थिक गणना २०८२ सम्पन्न, १७ हजार ९४८ प्रतिष्ठानको तथ्याङ्क संकलन

तनहुँ । असार ९ राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभर सञ्चालन गरेको राष्ट्रिय आर्थिक गणना २०८२ को

सिद्ध गुफाः “पृथ्वीको गर्भभित्र लुकेको स्वर्ग, जहाँ प्रकृतिले हजारौँ वर्ष लगाएर लेखेको छ अद्भुत इतिहास”

विष्णु मगर । देवघाट, असार ९ तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका–४, विमलनगरमा अवस्थित सिद्ध गुफा नेपालकै

सिटिजन्स बैंक लि.को सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय आविका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

देवघाट । असार ८ सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड नारायणगढ शाखाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत चितवनको