एमालेको महाधिवेशनकोलागि प्रतिनिधि छनौट मंसिर १३ गते हुने, तनहुँका दुबै क्षेत्रमा एक/एक दर्जन बढि आकांक्षी

Devghat Online

शेयर गरौ

तनहुँ । मंसिर ८

नेकपा एमालेको आगामी मंसिर २७ गतेदेखी हुने एघारौं महाधिवेशनको लागि यही मंसिर १३ गते प्रतिनिधि छनौट हुने भएको छ ।
क्षेत्र नम्बर १ कोलागि डुम्रे स्थित उद्योग वाणिज्य संघको कार्यालय र क्षेत्र नम्बर २ को लागि खैरेनीटार खानेपानी उपभोक्ता संस्थाको कार्यालयमा मंसिर १३ गते प्रतिनिधि छनौटको कार्यक्रम राखिएको छ । दलित तर्फको महाधिवेशन प्रतिनिधिकोलागि भने सोही दिन पार्टीको जिल्ला कार्यालयमा कार्यक्रम राखिएको छ ।

क्षेत्र नम्बर १ बाट दुई खुल्ला, २ महिला र १ जना ४० वर्ष मुनीको युवा गरि ५ जना र क्षेत्र नम्बर २ बाट ३ जना खुल्ला, २ जना महिला र १ जना ४० वर्ष मुनिका युवा गरि ६ जना प्रतिनिधि छनौट हुने भएका छन् । त्यसैगरि सम्पुर्ण दलित पार्टी सदस्यहरुको तर्फबाट १ जना प्रतिनिधि छनौट हुनेछन् ।

महाधिवेशन प्रतिनिधि छनौट गर्ने समय नजिकिँदै जाँदा प्रतिनिधिका आकांक्षीहरु सक्रिय भएका छन् । प्रतिनिधिका आकांक्षीहरुले पार्टी सदस्यहरुलाई विभिन्न माध्यमबाट सम्पर्क गरि आफ्नो इच्छा जाहेर गरेका छन् ।

 

क्षेत्र नम्बर १ बाट २ जना खुल्ला तर्फको प्रतिनिधिको लागि केन्द्रीय सल्लाहाकार प्रतापलाल श्रेष्ठ, जिल्ला अध्यक्ष हरिराज कडेंल, सचिव प्रदिपराज अधिकारी, प्रदेश कमिटि सदस्य प्रेम राना, रामबहादुर गुरुङ, जिल्ला सचिवालय सदस्य श्रीराम कार्की, जिल्ला लेखा कमिटिका अध्यक्ष प्रेमप्रसाद पौडेल, जिल्ला कमिटि सदस्य अनिल पाण्डे, पुर्णबहादुर गुरुङ, बाबुराम अधिकारी, व्यास नगर कमिटिका अध्यक्ष तुल्सीराम पाण्डे, भानु नगर कमिटिका अध्यक्ष शंकर रानाभाट लगायतले प्रतिनिधि बन्ने इच्छा व्यक्त गरेका छन् ।

त्यस्तै सोही क्षेत्रबाट २ जना महिला प्रतिनिधिको लागि प्रदेश कमिटि सदस्य देवु विष्ट, मनुमाया श्रेष्ठ, अनेमसंघकी अध्यक्ष सिता पाण्डे, जिल्ला सदस्य बेदकुमारी वाग्ले, बसुन्धरा घर्ती, रुपा लामा लगायतले इच्छा व्यक्त गरेका छन् । १ जना युवा प्रतिनिधिको लागि मदन तिमिल्सेना, राम सापकोटा, रवि श्रेष्ठ लगायतले इच्छा जाहेर गरेका छन् ।

त्यसैगरि क्षेत्र नम्बर २ बाट ३ जना खुल्ला तर्फको प्रतिनिधिकोलागि प्रदेश कमिटिका सदस्यहरु होमबहादुर थापा, श्रीप्रसाद श्रेष्ठ, श्यामराजा महत, कमल ढकाल, जिल्ला कमिटि उपाध्यक्ष राजेश्वर ढकाल, प्रदेश कमिटिका पुर्व सदस्य विष्णुभक्त सिग्देल, जिल्ला सदस्य मुक्तिनाथ तिमिल्सेना, भिमाद नगर कमिटिका अध्यक्ष इमान थापा लगायतले इच्छा गरेका छन् ।

त्यसैगरि दुई जना महिला प्रतिनिधिको लागि प्रदेश कमिटि सदस्य रत्ना घिमिरे, शारदा खनाल, प्रदेश कमिटिका सल्लाहार गिता हमाल, जिल्ला कमिटि उपसचिव सुनिता नेपाली, जिल्ला सदस्य फुलमाया वाग्ले, पुर्व जिल्ला सदस्य सरस्वती सिग्देल लगायतले इच्छा व्यक्त गरेका छन् । त्यसैगरि १ जना युवा प्रतिनिधिको लागि जिल्ला सदस्य रिता ढकाल, युवा संघका केन्द्रीय सदस्य उज्वल खनाल, प्रदेश कमिटिका कार्यालय सचिव आरके पोख्रेल, युवा संघका जिल्ला अध्यक्ष सुरेन्द्र तामाङ, अनेरास्ववियुका केन्द्रीय सदस्य विशाल ढकाल लगायतले इच्छा देखाएका छन् ।

त्यस्तै एक जना दलित तर्फको प्रतिनिधिको लागि प्रदेश कमिटि सदस्य बाबुराम सुनार, प्रदेश कमिटिका सल्लाहाकार मोहन सुनार, जिल्ला सचिवालय सदस्य इन्द्रमान परियार, जिल्ला कमिटि सचिवालय सदस्य भिमबहादुर विक, जिल्ला सदस्य तथा मुक्ति समाजका जिल्ला अध्यक्ष भरत लामगादे, जिल्ला सदस्य दिपक खाती, मुक्ति समाजका मनोजकुमार सुवर्णकार लगायतले इच्छा देखाएका छन् ।

सकेसम्म सहमतीमा प्रतिनिधि छनौट गर्ने तथा सहमती नभएमा मंसिर १४ गते मतदान मार्फत टुंगो लगाउने एमालेले तयारी गरेको छ ।
महाधिवेशनमा तनहुँका नेताहरु किरण गुरुङ, टुकराज सिग्देल, केदार सिग्देल, भगवती न्यौपाने र सविता रसाईली आयोजकको रुपमा स्वतः प्रतिनिधि बन्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू